Logo
भिडियो

काठमाडौंको कांग्रेस सभापतिमा राजु श्रेष्ठ उठ्दै, कांग्रेसलाई जनताको पार्टी बनाउने यस्ता छन् योजना


सत्तारुढ दल नेपाली कांग्रेस यति बेला १४ औं महाधिवेशनको महासंग्राममा छ । कतिपय वडाहरुको अधिवेशन भइसेको छ भने कतिपय तयारी अवस्थामा छन् ।

अब जिल्ला हुँदै प्रदेश र संघमा आईपुगेपछि कांग्रेसको १४ औ महाधिवेशन सम्पन्न हुनेछ । त्यसका लागि पार्टीमा विभिन्न किसिमले योगदान गरेका नेताहरुले आफ्नो उम्मेद्वारी दिने क्रम जारी छ । यस्तैमा देशको राजधानी काठमाडौं जिल्ला सभापतिमा लोकप्रिय छवि बनाएका राजु श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।