त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक एवम समाजशास्त्री रिद्धि आचार्य मुलुकको राजनीतिक अवस्थाबारे बोल्दाबोल्दै अचानक दिक्क भइन् । नेपालमा कुनैपनि राजनीतिक दल र नेताहरु मुलुकप्रति जवाफदेही नभएको उनको निष्कर्ष छ ।
आचार्य भन्छिन्, ‘ नेपालमा पुरानो पिंढीका नेताहरुमा देशभक्ति नै भएन । युवा पिंढीमा प्रशस्त देशप्रेम पाइन्छ । अब देश बनाउन युवा पिंढीलाई जिम्मा दिनुपर्छ । ’
समाजशास्त्री आचार्यका अनुसार देश बनाउन सबैले आचरण र संस्कारमा सुधार ल्याउन जरुरी छ । सुधार भन्ने कुरा आफैबाट गर्ने हो । त्यसपछि परिवार र समाज हुँदै देश प्रभावित हुने हो ।
आचरण र संस्कार सुधारका लागि प्रत्येक बाउआमाले आफना छोराछोरीसँग खुलेर सबै विषयमा कुराकानी गर्न जरुरी छ । खासगरी यौनका मामिलामा बालबालिकालाई विस्तृत जानकारी दिनुपर्छ । घरमै यौन शिक्षा दिन सके यसले भविष्यमा आउने विकृति र विसंगति हटाउन मद्दत पुग्छ ।
समाजमा यौन दुव्र्यवहार र बलात्कार जस्ता घटना बढ्नुको पछाडि चेतना र दण्डहीनता मुख्य हुन् । आवश्यक चेतना फैलाउन नसक्नु र दोषीलाई कारवाही नहुनु अपराध बढ्नुका प्रमुख कारण हुन् । नेपालमा बलात्कारीलाई मृत्युदण्डको कानुन बनाउन सके केही हदसम्म बलात्कारका घटना कम हुने आचार्य बताउँछिन् ।
आचार्यका अनुसार अहिले नेपालमा अतिरिक्त सम्बन्ध (एक्स्ट्रा मेरायटल अफेयर्स) बढेको छ । यो नराम्रो भएपनि बढ्दै जानु खतराको संकेत हो । यसले अपराध झन बढाउने आचार्यको दावी छ ।
विस्तृत भिडियोमा :