Logo
अन्तर्वार्ता

 सरकारमा जान कांग्रेस मरिहत्ते गर्दैन (भिडियोसहित) 


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुखैमा आएको सत्ता पनि गुम्ने स्थिति देखा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक समूहसंग मिलेर बहुमत जुटाउन थालेपछि कांग्रेसको सम्भावना कम हुँदै गएको हो ।

कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ भन्छिन्, ‘कांग्रेसलाई सरकारमा जाने चिन्ता छैन । सरकार भन्दा संविधानको संरक्षण कांग्रेसको पहिलो प्राथमिकता हो । ’

सरकार निर्माणबारे नेकपा माओवादी केन्द्रले प्रस्ताव गर्नु सामान्य विषय भएको भन्दै नेतृ गुरुङ भन्छिन् ‘देश अनिर्णयको बन्दी हुने परिस्थिति आए हामी भाग्दैनौ । सरकारको नेतृत्व लिन तयार छौं । ’
कांग्रेसलाई सरकारको चासो नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कुनै दलसंग मिलेर सरकार बनाउँछन् भने त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने गुरुङको भनाइ छ । कांग्रेसले समीकरण बनाउनुपर्ने अवस्था आए ओली भन्दा संसद् विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरुसंग गर्नु उचित हुने उनी बताउँछिन् । 

अहिले कांग्रेसका केही नेताहरुले मध्यावधि निर्वाचनको कुरा गरेकोमा गुरुङको असहमति छ । एकपछि अर्को नयाँ एजेण्डा निकालेर मुलुकलाई अन्योलमा पार्नुभन्दा संसदबाटै समाधान खोज्नतर्फ लाग्नुपर्ने उनी बताउँछिन् । 

नेतृ गुरुङका अनुसार सभापति शेरबहादुर देउवाले संसद् विघटन, नेकपाको सत्ता प्रस्ताव लगायतका विषयमा परिपक्व निर्णय गरेका छन् । देउवाले सरकारमा जान कुनै चासो नदेखाउँदा पनि उनलाई पद लोलुपको आरोप लगाउनु अन्यायपूर्ण हुन्छ । 

कांग्रेसमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने भएकाले आउँदो महाधिवेशनमा कसैलाई नेतृत्वमा आउन भए चुनाव जितेर आउन सकिन्छ । जहाँसम्म सभापतिले त्याग गर्ने कुरा छ त्यो व्यक्तिमा निर्भर गर्ने गुरुङ बताउँछिन् ।

विस्तृत भिडियोमा :