Logo
भिडियो

लोकप्रिय बन्दै डि.आर. सुजनको परदेशी काईलो (भिडियो सहित)


बहुप्रतिभाका धनि गित तथा संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक डि.आर. सुजन शब्द तथा संगीत रहेको ‘परदेशी काईलो’ बोलको गीतको भिडियो लोकप्रिय बन्दै गएको छ ।

लोकदोहोरीका चर्चित गायक राजु परियार र गायिका कृष्णा परियारको स्वर रहेको गीत ‘परदेशी काईलो’ले युट्युबमा सार्वजनिक भएको हप्ता दिनमै २० लाख भ्यूज पाउन सफल भएको छ । सँगै सार्वजनिक भएका अन्य गीति सामाग्रीसँग प्रतिस्पर्धा गर्दै छोटो समयमा २० लाख भ्यूज पाउने गीतमा ‘परदेशी काईलो’ले रेकर्ड बनाएको छ ।

बेरोजगारीको समस्याले गर्दा विबाहित युवाहरु परदेश जानु पर्ने बाध्यता र उनका श्रीमती परपुरुषसँग लागेर परदेशीले पठाएको धन सिध्याउने गरेको समाजको वास्ताविकतालाई भिडियोमा देखाईएको छ ।

त्यति मात्र नभई विदेशिएर घाईते हुनु पर्नै अवस्था र लुटिएर रितो हात स्वदेश फर्किदाको कारुणिक कथा भिडियोमा बुनिएको छ । गीतका शब्दहरु एकदमै मार्मिक छन् जसले श्रोताको मन जित्न सफल भएको छ ।

भिडियो निर्देशन गीतकार तथा संगीतका डि.आर. सुजन आफैंले गरेका छन् भने विजय थापाले एरेन्ज गरेका छन् । सामाजिक मनोदशाका मर्मस्पर्शी दृष्यहरु समेटेर निर्माण गरिएको भिडियोमा बुद्धि तामाङ, ईस्तु कार्की, सुरविर पण्डित, दिवाकर भण्डारी लगाएतका कालाकारहरुको अभिनय देख्न सकिन्छ । रेशम दर्लामीको छायाँकन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ ।

बाँकी तलको भिडियो लिंकमा हेर्नुहोस् :