Logo
अन्तर्वार्ता

राष्ट्रिय सहमतिको सरकार उत्तम विकल्प (भिडियोसहित) 


नयाँ सरकार निर्माणका लागि सत्ता समीकरणको गृहकार्य तीव्र भएका बेला राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माग उठेको छ । सरकार ढाल्ने र बनाउने अंक गणितीय खेलमा लाग्दा फेरि अस्थिरता सृजना हुने भएकाले सबैको अस्तित्व रक्षाका लागि सहमतीय सरकार उत्तम विकल्प ठान्न थालिएको छ । 

जनता समाजवादी पार्टीका नेता एवम श्रम तथा रोजगार विभाग प्रमुख राजकुमार लेखी पनि सबै दलको सहमतिमा सरकार बनाउन सके उत्तम हुने बताउँछन् । दलहरुले आपसमा संवाद गरेर सबैका माग र आकांक्षालाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानु उपयुक्त हुने उनको भनाइ छ ।  

नेता लेखीका अनुसार जसपाले हाल विभिन्न दलहरुसंग गरिरहेको वार्ता सरकार निर्माणका लागि नभइ आफना माग र मुद्दाको सम्बोधनका लागि हो । अहिले पनि रेशम चौधरीसहित सयौं कार्यकर्ता जेलमा छन् । उनीहरुलाई मधेश तथा थरुहट आन्दोलनका क्रममा पक्राउ गरेर जेलमा राखिएको हो । संविधान संशोधनको विषय अझै पनि उस्तै छ । 

लेखी भन्छन्, ‘मधेशमा बिभिन्न समयमा भएका आन्दोलनका घटनाको छानबिन गर्न आयोग बनाइयो । लाल आयोगले पनि छानबिन गर्यो । तर यी आयोगका प्रतिवेदन खै ? सरकारले प्रतिवेदन किन लुकायो ? प्रतिवेदनका आधारमा गुण दोष नछुट्याई किन पूर्वाग्रह साँधेर मुद्दा चलाइयो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीसंग पार्टीको कार्यदलले गरेको छलफल सकारात्मक भएपनि विश्वास नभएको लेखी बताउँछन् । उनका अनुसार प्रधानमन्त्री ओली, कांगेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै एकै हुन । जसपाका मागप्रति उनीहरु मुखले मात्र सकारात्मक छन्, व्यवहारमा छैनन् ।
 
सरकार निर्माण जसपाको दोस्रो प्राथमिकताको विषय हो । एमाले, माओवादी केन्द्र र कांग्रेसले हात उठाएको अवस्थामा जसपा सरकार निर्माणमा अग्रसर हुने हो । मुलुकमा सरकार विहीनताको अवस्था नहोस भन्नका लागि नेतृत्व दिन जसपा पनि सक्षम रहेको लेखी बताउँछन् । 

जहाँसम्म जसपामा दुई धारको कुरा छ, त्यो पार्टीको आधिकारिक दृष्टिकोण तय नभएसम्म मात्र हो । अन्तिम घडीमा जसपाले एकताबद्ध भएर धारणा तय गरी निर्णय गर्छ । अहिले बाबुराम–उपेन्द्र यादव पक्षले ओलीसँग सहकार्य हुन नसक्ने बताएपनि पार्टीका माग र मुद्दा सम्बोधन भए त्यो समूह पनि सहमतिमा आउने लेखीको दावी छ । 

विस्तृत भिडियोमा :