ओलीले भने
–सभामुख सेटिङमा चले
–राष्ट्रिय कार्यकर्ता भेलामा नजान कार्यकर्तालाई निर्देशन गए कारबाही
–माधव नेपाल पक्ष कसको चियापानमा जानहुन्छ थाहा छ तर भन्दिन
–पार्टीमा अराजकता मौलायो, अब सहन सकिन्न
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यका लागि आयोजना गरेको चियापानमा केही महत्वपूर्ण र गम्भीर कुरा गरेका छन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि जनाएका उनले सभामुख अन्यत्रको सेटिङमा चलेको आरोप लगाए । उनले भने –‘संविधानको कार्यान्वयनमा सभामुखको प्रतिबद्धता रहनुपथ्र्यो त्यो भएन । भिन्न प्रकारका सेटिङबाट चलेको पाइयो ।’ओलीले संसद निष्प्रभावी बनाउन लागिएको भन्दै देश र जनताको काम गर्ने थलो बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । चियापानमा सम्बोधनका क्रममा ओलीले माधव–खनाल पक्षले आह्वान गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि कार्यकर्तालाई चेतावनी दिए ।
अनुशासनहिन भए विधान, दलका ऐन अनुरुप कारबाही गर्ने उनको भनाइ छ । उनले भने –‘ विधि विधान विपरीतका काम कारबाही एकता विरोधी काम कारबाही सहन गर्न सकिन्न । म सबै कार्यकर्तालाई गुटगत भेलामा सरिक नहुन सचेत गराउन चाहन्छु ।’
चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेपछि ओलीले चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर पनि उनले प्रतिप्रश्न गरे । सम्बोधन क्रममा उनले भने –‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ? सबैलाई थाहा छ नभनौँ ’
ओलीले के भने ? भिडियोमा हेर्नुहोस् :