Logo
अन्तर्वार्ता

सरकार र सभामुखका कारण संसद अचानो बन्यो (भिडियोसहित) 


नयाँ सत्ता समीकरणबारे कांग्रेस निस्कृय भएपछि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी पनि सुस्त भएका छन् । कांग्रेसको सहकार्यविना वर्तमान सरकार ढालेर नयाँ गठवन्धन निर्माण सहज नहुने भएपछि माओवादी केन्द्र र जसपा शिथिल भएका हुन् ।

कांग्रेस नेता जगदिश्वरनरसिंह केसीका अनुसार कांग्रेसले खेल्नका लागि सफा मैदान खोजेको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने र जसपाका माग विधि र कानुनसम्मत देखिए मैदान सफा हुनेछ । अन्यथा फोहोर मैदानमा पसेर आफू पनि फोहोर हुने रुचि कांग्रेसलाई छैन । 

केसी भन्छन्, ‘कसैलाई फालेर कसैलाई सत्तामा ल्याउन कांग्रेस किन प्रयोग हुन्छ ? जति झगडा गरेपनि एमाले फुटेको छैन । ओली र नेपाल संगै छन् । प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिएका छैनन् । अहिले पनि ओलीको सरकार बहुमतको छ । यो अवस्था नयाँ सरकारको समीकरण कसरी बन्छ ? यिनीहरुलाई कसरी विश्वास गर्ने ? ’

यदि मुलुकलाई निकास दिने हो भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने केसी बताउँछन् । प्रधानमन्त्रीले राजीनामा दिएपछि संसदमा रहेका दलहरुको सहमतिमा सहमतीय सरकार बनाएर ‘अर्ली इलेक्सन’ मा जानु उत्तम हुने उनी बताउँछन् । 

सरकार र सभामुखको टकरावका कारण प्रतिनिधिसभा अचानो भएको र यही आधारमा सरकारले संसद्लाई बिजनेस पनि नदिएको केसीको बुझाइ छ । जे जति समस्या छन् संसदबाट समाधान खोज्नुपर्छ । संसद् बाहिरबाट हल खोजे त्यसले दुर्घट्ना निम्त्याउँछ ।

अहिले प्रधानमन्त्रीले राष्ट्रपतिले राखेको सर्वदलीय बैठकमा संसद् बिघटन र मध्यावधि निर्वाचनप्रति आपत्ति जनाउँदै केसी भन्छन्, ‘ यो कस्तो नैतिकता हो ? उनको पार्टी विवादको मार संसद्ले सहनु पर्ने ? राष्ट्रपतिले पनि राजनीतिक विषयमा चासो नलिएको राम्रो । ’

विस्तृत भिडियोमा :