Logo
टिप्पणी

कांग्रेस महामन्त्री सहित नेताहरुले दिए शुभकामना, सहकार्य गर्ने प्रतिबद्धता (भिडियोसहित) 


चेन्ज नेपाल गु्रप अफ कम्पनी प्रालिले सञ्चालन गर्दै आइरहेको अनलाइनपाना डट कम आइतबारदेखि छैठौ वर्ष प्रवेश गरेको छ । छैठौ वर्ष प्रवेशको अवसरमा आइतबार काठमाडौँमा एक कार्यक्रम गरियो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, नेताहरु रामहरि खतिवडा, बद्री पाण्डे त्यस्तै नेपाल विद्यार्थी संघका पूर्व सभापति नयनसिंह महर लगायतले सत्य तथ्य निष्पक्ष पत्रकारितामा अनलाइनाले दिएको योगदानको चर्चा गरे ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सत्य तथ्य र निर्भिक पत्रकारिताकालागिअनलाइनपानाले महत्वपूर्ण योगदान दिएको भन्दै पीतपत्रकारिताबाट माथि उठेर लोकतन्त्र र सत्यतथ्य समाचार सम्प्रेषणमा योगदान दिन आग्रह गरे । पत्रकारिता र लोकतन्त्र एक अर्काका पर्याय भएको भन्दै उनले पत्रकारिता बलियो नभएको मुलुकमा लोकतन्त्रपनि संकटमा पर्ने बताए ।

‘जुन मुलुकमा पत्रकारिता बलियो हुन्न त्यो देशमा लोकतन्त्र त्यो क्षेत्रमा लोकतन्त्र बलियो हुन्न । लोकतन्त्र र पत्रकारिता हेण्ड इनग्लास हुन ।’ उनले बताए । सत्यतथ्य समाचार सम्प्रेषणमा अनलाइनापान डट कमले महत्वपूर्ण योगदान दिएको भन्दै महामन्त्री कोइरालाले तथ्यपूर्ण समाचार सम्प्रेषणमा निर्भिक भई कामगर्न आग्रह गरे । उनले भने –‘पत्रकारिता राज्यको चौथो अंगहो । निर्भिक पत्रकारिता गर्नुहोस । पीतपत्रकारिता गर्नु भएन ।’

कार्यक्रममा कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार र व्यक्ति सफलन हुँदैमा प्रणाली असफल नहुने बताए । ‘व्यक्तिको असफलता प्रणालीको असफलता हुन्न । ओली असफल भएपनि संघीय गणतन्त्र असफल हुन्न ।’ नेता रिजालले समावेशी राजनीतिक प्रणालीका लागि अनलाइनपानाले भूमिका खेल्नुपर्ने बताए । आगामी दिनमा अनलाइनपानाले सत्यतथ्य समाचार सम्प्रेषणमा अझै महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए । 

त्यस्तै कांग्रेसका नेता बद्री पाण्डेले लोकतन्त्रमा कालो बादल मडारिँदै गएको भन्दै फेरि संघर्ष गर्नुपर्ने आशंका बढेको बताए । उनले भने –‘ गिरिजाबाबुले अबदेखि लोकतन्त्रका लागि संघर्ष गर्नु नपरोस भन्नहुन्थ्यो । तर सरकार स्वतन्त्रता खण्डित गर्न लाग्दैछ । लोकतन्त्रै लागि संघर्ष गर्नुपर्ने हो किभन्ने आशंका उब्जिएको छ ।’

उनले लोकतन्त्र बचाउन र यसका मूल्यमान्यता जोगाई राख्नपनि सञ्चार जगतको महत्वपूर्ण भूमिकाहुने भन्दै अनलाइनपानालाई त्यस दिशामा अघि बढन सुझाव दिए । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सबैभन्दा बढी आनन्ददायी क्षणको प्रसंग सुनाउँदै सत्य तथ्य समाचार पाउने क्षण आफूलाई आनन्ददायी क्षण हुने बताए । उनले भने –‘संसारमा सबै भन्दा आनन्ददायी क्षण कुनहुने भन्नेमा कसैले के भने कसैले के मलाई सत्य तथ्य समाचार थाहापाउँदा हुन्छ ।  अनलाइनपाना त्यही दिशामा अघि बढेको छ । शुभकामना ।’

कार्यक्रममा नेपालविद्यार्थी संघका पूर्व सभापति नयनसिंह महरले राजनीतिमा स्खलन आएको पत्रकारिताले पनि गम्भीर विषय समेटन नसकेको गुनासो गरे । राजनीति र पत्रकारिता धुमिलिएको भन्दै संग्लो बनाउनुपर्ने उनको भनाइ छ ।उनले भने– ‘राजनीति र पत्रकारिता संग्लो बनेको छैन । यसलाई संग्लो बनाऔँ ।’ अनलाइनपाना डट कमले सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा निष्पक्ष ढंगले काम गरेको भन्दै उनले आगामी दिनमा पनि काम जारी राख्न शुभकामनादिए । 

अनलाइनपाना डट कमले राजधानीको बुढानिलकण्ठमा केक काटेर आफ्नो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवमा सहभागी सबैले निष्पक्षपत्रकारिता र सन्तुलित समाचार सम्प्रेषणमा अनलाइनपाना डट कमले खलेको भूमिकाको प्रशंसा गर्दै आगामीदिनमा पनियथार्थ जानकारी यथाशक्य चाँडो जनतामा सूसुचितगर्न सुझाव दिएका थिए । चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि..को व्यवस्थापनमा सञ्चालित अनलाइनपान डट कम र अललाइनपाना टिभी २०७२ साल चैत्र ८ गते स्थापना भएको हो । 

अरु कसले के भने भिडियोमा हेर्नुहोस् :