Logo
अन्तर्वार्ता

भारत, चीन र अमेरिकाको चेपुवामा नेपाल (भिडियो सहित) 


 ‘एमसीसी’ पास भएपनि फेल भएपनि नेपाललाई थेग्न मुश्किल छ । 
 नेपालले एकसाथ ‘एमसीसी’ र ‘बिआरआई’ अघि बढाउन खोज्नु हुन्न । 
 भारत ‘बिआरआई’ को बिपक्षमा छ भने ‘एमसीसी’ मा तटस्थ । 
 भारत र चीनको नेपाल चासो उनीहरुको आफनो सुरक्षा स्वार्थ मात्र हो । 

विदेश मामिला जानकारी हरि चन्द ‘अग्निपुञ्ज’ का अनुसार माथि उल्लेखित प्रमुख यीनै स्वार्थका कारण नेपाल शक्ति राष्ट्रहरुको खेल मैदान भएको छ । मुलुकमा पछिल्लो पटक देखिएको राजनीतिक अस्थिरता र अन्योलका पछाडि पनि यीनै शक्ति केन्द्रहरुको हात छ । 

सन १९६० को आसपासबाट सुरु भएको भारत–चीन तनाव अझै कायम छ । दुवै देशले आ–आफनो सुरक्षाका लागि नेपाली भूमि प्रयोग नहोस भनेर त्यहीबेला देखि नेपाल केन्द्रीत रणनीति बनाउन थालेका हुन् । 

भारत र चीन दुवैले नेपालमा खास दल र नेताहरुसंग विशेष सम्बन्ध राख्नु भन्दा पनि आफू अनुकुल हिंडाउन सकिने सरकार निर्माणको लागि प्रयास गरेको देखिन्छ । एमसीसी पास गर्नैपर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बिआरआई सम्झौता पनि गरेका हुन् । 

भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई भेटेपछि अहिले भारत परस्तको आरोप खेपिरहेका उनै ओलीले नाकाबन्दीविरुद्ध राष्ट्रवादी अडान लिएकै हुन् । नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्शा जारी गरेकै हुन् । 

राष्ट्र केन्द्रीत अडान लिंदा कहिले कुनै देश त कहिले कुनै देशको पक्ष लिएको जस्तो देखिन्छ । यसको अर्थ ओली विदेशी शक्तिबाट प्रभावित छैनन भन्न मिल्दैन । ओलीसहित प्रमुख दलका प्रायः सबै नेताहरुमा विदेशी शक्ति केन्द्रको पूर्ण प्रभाव देखिन्छ । 

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध सुमधुर देखिदैन । नेपालको अहिलेको अन्यौलपूर्ण राजनीतिको एउटा कारण यो पनि हो । 
चीनसंग भाइचारा सम्बन्ध स्थापित भैसकेको नेकपा पार्टी एमाले र माओवादी केन्द्रमा टुक्रिदा समेत चीनले एकढिक्का गर्ने प्रयास जारी राखेको छ । ओली र प्रचण्डले एक अर्कालाई भारतीय एजेन्टको आरोप लगाइरहँदा दुवै जनाको चीनप्रतिको आशक्ति र निकटता पनि सतहमा आइसकेको छ । 

भारत, चीन, अमेरिका, युरोपियन युनियन लगायत सबैले अहिले नेपालमा आफनो हस्तक्षेप बढाएका छन् । यही बेला नै देशलाई राजनेताको खाँचो छ । तर, नेताहरु आफनो व्यक्तिगत स्वार्थमा मात्र केन्द्रीत हुँदा मुलुकले झन दुःख पाइरहेको छ । 

शक्ति राष्ट्र र दलहरुबीचको राजनीतिक खिचातानीको फाइदा प्रधानमन्त्री ओलीलाई नै पुग्ने देखिन्छ । उनको सत्ता तत्काल ढल्ने देखिदैन ।

विस्तृत यो भिडियोमा हेर्नुहोस् :