कोरोना झन् फैलिन लागेको त्रास, प्रदुषणको अन्धकार र समूहमा वा एक्लै पनि घर बाहिर ननिस्कन सरकारले दिएको निर्देशनको कारण यसपालीको होली उत्सवपूर्ण बन्न सकेन । सँधैका वर्षमा विभिन्न किसिमका रंगरोगन गरेका युवायुवतीहरुको लर्को देखिने उपत्यकाका सडकहरु यसपाली भने खाली देखिए ।
होली मनाउनेहरु परिवारमै भएका कारण पनि सडकमा गाडीको चहलपहल खासै देखिएन । यही वातावरणका बीच हाम्रा क्यामरा सहकर्मी बिरेन्द्र बोहराले खिचेको भिडियो र तस्वीरहरु :










