Logo
अन्तर्वार्ता

कोरोना संक्रमण र वायु प्रदूषण घातक बन्दै (भिडियोसहित) 


सरकारले वायु प्रदूषणको अवस्थालाई ख्याल गर्दै देशभरका शैक्षिक संस्था चार दिनका लागि बन्द गरेपछि प्र्रश्न उठेको छ :

के प्रदूषणको असर विद्यार्थी र विद्यालयका स्टाफलाई मात्र पर्ने हो ? 
शैक्षिक संस्था बन्द गरेर अरु चाहिं खुला राख्नुपर्ने किन ? 

सरकारसँग कुनै जवाफ छैन किनभने सरकार सोच विचार गरेर कुनै निर्णय गर्दैन । सरकार योजनामा चलेको पाइदैन । हचुवाका भरमा निर्णय गर्ने सरकारको परम्परा छ । 
बालबालिकालाई प्रदूषणबाट जोगाउन शैक्षिक संस्था बन्द गर्नु ठिकै होला तर सबै जनतालाई प्रदूषणको मारबाट जोगाउनु पनि सरकारको दायित्व हो । यसबारे सरकारले तयारी गरेको समेत पाइदैन । चार दिन विद्यालय गरेर प्रदूषण नियन्त्रण हुने हो र ? 

छाति रोश विशेषज्ञ डा. नविन मिश्र भन्छन्, ‘ यस्तो विषम परिस्थितिमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर केही नीतिगत तथा रणनीतिक कदम चालिनुपर्ने थियो । वातावरण मन्त्रालय वा स्वास्थ्य मन्त्रालयको त बिभागिय दायित्व नै हो ।’

अहिलेको प्रदूषण सामान्य होइन । यो ‘हेजार्डस सिच्युसन’ हो । राजधानी काठमाडौंसहित देशभर प्रदूषणका कारण बिरामीहरु थपिन थालेका छन् भने बिभिन्न रोगले ग्रसित विरामीहरुको अवस्था झन जटिल बनेको छ । यस्तो बेला प्रदूषणबाट बच्ने तरिकासहित नियन्त्रणका उपाय अवलम्बन गराउन सरकार क्रियाशिल हुनुपर्छ । 

डा. मिश्र भन्छन्, ‘ हावा चल्नु वा पानी परेर प्रदूषण कम हुनु एउटा विधि होला । तर, हामी आफै प्रदूषण नियन्त्रणमा कति सजग छौं त ? सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण नियन्त्रणका नाममा संकलन गरेको १२ अर्ब भन्दा बढी रकम कहाँ खर्च भयो ? देशभर पुराना सवारी साधन अझै पनि कसरी चलिरहेका छन् ? उद्योग धन्दा कलकारखाना वातावरण मन्त्री किन बनेनन् ? ’

सरकारले वैकल्पिक उर्जा (सौर्य, विद्यूतिय) को प्रयोगलाई बढावा दिनुपर्छ । विद्यूतीय सवारीलाई प्रोत्साहन गर्ने भन्ने तर कर बढाउने नीति आफैमा विरोधाभाषपूर्ण छ । 
प्रदूषणसँगै अहिले अर्को प्रश्न उब्जिएको छ :

के कोरोना संक्रमण नेपालमा समाप्त भएको हो ? 

डा. मिश्रका अनुसार संक्रमण समाप्त होइन झन बढेको छ । अझ बढ्दैछ । खासकुरा त के हो भने विगतको तुलनामा कोरोना टेष्ट नै निकै कम छ । परीक्षण नै नभएपछि संक्रमण भएको कसरी थाहा हुन्छ ?

नेपालमा कोरोना संक्रमितसँगै मृत्यु संख्या पनि बढिरहेको छ । पछिल्लो समय भारतबाट आएको भ्याक्सिनले केही नियन्त्रण भए जस्तो देखिएपनि ढुक्क भएर नबस्न डा. मिश्रको आग्रह छ । 

कोरोना संक्रमणविरुद्ध दोस्रो डोज लगाउन नपाएकाहरुले चाँडै दोस्रो डोज प्राप्त गर्ने मिश्र बताउँछन् । भ्याक्सिन लगाउन कुनैपनि डर नमान्न उनको सबैलाई आग्रह पनि छ । 
चीनबाट आएको भ्याक्सिन लगाउन सुरु गरे यसले पनि संक्रमण नियन्त्रणमा मद्दत पुग्ने उनको भनाइ छ । भ्याक्सिन लगाउँदैमा संक्रमणबाट मुक्त हुने नभएकाले नियमित रुपमा हात धुने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । 

विस्तृत भिडियोमा हेर्नुहोस् :