Logo
अन्तर्वार्ता

गणतन्त्र ल्याउने नेताहरु नै गणतन्त्र उल्ट्याउँदै  (भिडियोसहित) 


मुलुकमा राजनीतिक दल र नेताहरुबीच जे जस्ता आरोप प्रत्यारोप, लान्छाना र एक अर्काविरुद्ध गतिविधि भैरहेका छन्, यसले अहिलेको राजनीतिक व्यवस्था माथि नै वितृष्णा उत्पन्न गराइरहेको छ । यो जति स्वाभाविक छ त्यति नै नियोजित पनि । 

राप्रपाका केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले मुलुक तहसनहस भएकाले अब राजसंस्था र हिन्दु राष्ट्रको माग उठेको छ । संघीयता खारेज गर्न चौतर्फी दबाब सृजना भएको छ । 

घिमिरे भन्छन्, ‘राप्रपा मात्र होइन अहिले कांग्रेस, एमाले र माओवादी केन्द्रकै नेताहरु यो व्यवस्थाबाट वाक्कदिक्क भइसके । उनीहरु बाहिर बोल्न सकिरहेका छैनन् तर भित्रभित्रै गणतन्त्र हटाउने अभ्यासमा छन् । हेर्दै जानुहोला, जसरी यो गणतन्त्र आएको थियो, त्यसरी नै बिदा हुँदैछ । ’

गणतन्त्रलाई स्वर्ग भन्नेहरुले छिमेकी मुलुक भारत र चीनलाई असुरक्षित बनाए । अहिले दुवै छिमेकी गणतन्त्रभन्दा राजसंस्था र हिन्दु राष्ट्र नै उचित भन्ने निष्कर्षमा पुगेका छन् । नेता घिमिरेका अनुसार मुलुकबाट गणतन्त्र मात्र होइन, गणतन्त्र बोक्ने दल र नेताहरु पनि सकिँदैछन् । अब मुलुकको पहिलो शक्ति राप्रपा बन्ने छ । विगतमा अनेकौं उतारचढाव भोगेपनि अब भने राप्रपा आफनो विचार, सिद्धान्त र आदर्शमा अडिग भएर अघि बढेकाले कसैले रोक्न सक्ने छैन ।

राप्रपाले वैशाखको महाधिवेशनबाट हालका तीन अध्यक्ष मध्येबाटै एकजनालाई अध्यक्ष चयन गर्ने घिमिरेले बताए । सर्वसम्मतिको प्रयास सफल नभए चुनावबाट नेतृत्व चयन हुने उनी बताउँछन् ।

विस्तृत थाहा पाउन भिडियोमा क्लिक गर्नुहोस् :