१३ हजार पत्रकारको साझा छानो नेपाल पत्रकार महासंघ यतिबेला नेतृत्व छान्ने प्रतिस्पर्धामा छ । सयौं पत्रकार नयाँ नेतृत्वका लागि चुनावी मैदानमा छन । महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीको पहिलो प्रयोग गरिरहेको छ । महासंघको उपत्यका प्रदेश प्रतिष्ठानको प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वहन गरिरहेका वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेत भन्छन– ‘जुनसुकै प्रणालीमा गएपनि पत्रकारितामा रहेको दलीय सिण्डिकेट अब झन पेचिलो बन्दै जान्छ । सिंगो पत्रकार क्षेत्र नै दलीय संगठन विस्तारको औजार बन्ने बाटोमा अघि बढेको छ ।’ पत्रकार बस्नेतका अनुसार नेपालमा अहिले निस्पक्ष पत्रकारिता सम्भव छैन ।
वरिष्ठ पत्रकार बस्नेत भन्छन– ‘कार्ल माक्र्स, विन्स्टन चर्चिल, महात्मा गान्धीलगायतका विश्व प्रसिद्ध राजनीतिज्ञ पनि पहिले पत्रकार नै थिए ।’ उनकाअनुसार पत्रकार दलविहीन बस्न सक्दैन । तर अहिलेको पत्रकारिता अभ्यासले प्रजातन्त्र खतरामा परेको छ ।’
‘अभिव्यक्ति स्वतन्त्रता दलको सिण्डिकेट र लगामले बन्देज लगाएको छ । पत्रकारिताका लागि यो राम्रो होइन ।’ उनी थप्छन– ‘यो परिस्थितिमा विस्तारै सुधार आउने अपेक्षा चाहीँ छ, विश्वासको आधार छैन । यसका लागि क्रियाशील पत्रकारकै भूमिका अपरिहार्य छ ।’
उनै बस्नेतसँगको विस्तृत कुराकानी हेर्नुहोस भिडियोमा :