नेपाल पत्रकार महासंघको चुनाव यही २५ गते हुन गइरहेको छ । महासंघको यसपटकको चुनावमा देशभरका सदस्यले भोट हाल्दैछन । राधेश्याम दाहाल पनि मतदातको मतको अपेक्षासहित महासंघको एशोसिएट सचिव पदका उम्मेदवार हुन् ।
महासंघको वर्तमान कार्यकालमा केन्द्रीय सदस्य रहीरहेका दाहालले यसपटक सदस्यता शुद्धिकरण र पत्रकारहरुको विमा र सन्तति शिक्षा कार्यक्रममलाई प्रमुखताका साथ उठाउने भएका छन् । दाहालको भनाइमा महासंघमा मतदाता सजग भएमा र महासंघले चाहेमा क्रियाशिल हरेक पत्रकार महासंघको सदस्य बनी पत्रकारहरुको गरिमामय संस्थाभित्र आबद्ध हुन सक्छ । यसका लागि आफूले केन्द्रीय सदस्य हुँदै पहल गरेको र आगामी दिनमा थप मजबुती बनाउनेतर्फ आफूले लाग्ने उनको भनाइ छ । उनी भन्छन –‘६÷६ महिनामा सदस्यता लिन पाउने र सदस्यता लिएपछि वेभसाइटमार्फत सार्वजनिक गरिए समस्या समाधान हुन्छ । यति मात्र होइन पत्रकारको स्वास्थ्य विमा र सन्ततिलाई शिक्षाका लागि नीतिगत पहल गर्छु र कार्यान्वयन गराएरै छाड्छु ।’
दाहालका अनुसार राजनीतिक दलको हस्तक्षेप महासंघमा भएपनि महासंघको चुनाव जितेपछि दलभन्दा पत्रकार र पत्रकारका एजेण्डा बोक्नुपर्छ । उनी भन्छन –‘दलीय हस्तक्षेप वा राजनीतिक लिगेशी भएपनि चुनावपछि पत्रकारहरुको एजेण्डा स्थापित गर्नुपर्छ ।’ उनी राजनीतिक चेतनाभन्दा बाहिर पत्रकार रहन नहुने पनि बताउँछन ।
उनै दाहालसँगको अन्तर्वार्त विस्तृतमा भिडियोमा हेर्नुहोस् :