Logo
भिडियो

अशोक शेरचनकाे गित ‘तरुनी बन्दिपुर’ बजारमा


हरेक दिन बिहान आधा घण्टाको सामान्य व्यायामबाट सुरु हुन्छ अशोक शेरचनको दैनिकी । बिहानमात्र होइन, बेलुका पनि उनी आधा घण्टा घर वरपर नियमित दौडने तथा व्यायाम गर्ने गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् शेरचन ।

तरुनी बन्दिपुर “पर्यटकिय गाउँ तनहुँ बन्दिपुर माथि उनै अशोक शेरचनले लेखेको एउटा कविता हो । उनी चाहन्छु देशका विभिन्न ठाउँका सुन्दरता माथि यसरी नै कविता, गीत, गजलहरु बनुन् । आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा धेरथोर टेवा पुगोस भन्ने हेतुले थोरै भएपनि प्रयास गरिरहेका हुन्छन् । उनै शेरचनको “प्रिय बागलुङ” पनि बजारमा ल्याउने तयारीमा छ ।

गाएक देबेश राईको स्वरमा रहेको ‘तरुनी बन्दिपुर‘ गीतको भिडियो हिजो सार्वजनिक गरिएको छ । यसमा अशोक शेरचनको शब्द तथा शान्तिराम राईको संगीत रहेको छ । पर्यटकीय गाउँ तनहुँ बन्दिपुरलाई गीत मार्फत ब्यक्त गर्न खोजिएको छ ।

देब्रेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा प्रकाश सपुत र सगुन शाहि ठकुरीले फिचर्ड गरेका छन् । सुनिल बिकले छायाँकन गरेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । यस भिडियोलाइ भाका नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।