सानै उमेरमा सुरलिो स्वरमा गीत गायर सुन्ने जति सबैको मन जितेकी दर्शना महर्जनले ए साथी नामक अर्को गीत पनि सार्वजनिक गरेकी छिन् । मिठो स्वर तथा कुशल अभिनय गर्ने क्षमता भएकी दर्शनाले ए साथीमा भने संगीत समेत आफैंले दिएकी छिन् । यस गीतमा ज्योति क्षेत्रीको शब्द तथा संजय खड्गीको एरेञ्ज रहेको छ ।
हाल लिरिकल बनाएर सार्वजनिक गरिएको गीतमा चाँडै नै कलाकारहरु राखेर कलात्मक भिडियो निर्माण गर्ने तयारीमा आफू रहेको गायिका दर्शनाले बताईन् । उनको स्वरमा हालसम्म म्यासप सङ तथा मायाको अर्थ, हाम्रो धर्ती हाम्रो आकाश, हिमाल हाँस्ने मेरो देश, भसक्कै, नमस्कार तथा नेवारी गीत चुलिं जालंन्ही लगायतका गीतका भिडियोहरु उनकै आफ्नै युट्युव दर्शना महर्जनमा हेर्न सकिन्छ भने चलचित्रका गीतहरुमा पनि उनले स्वर दिएकी छिन् । हालसम्म पाँच दर्जन बढी फुटकर गीत गाइसकेकी दर्शनाले गीतसंगीतमा लागिरहने र अरु फरक धारका गीतहरु पनि बनाउने तयारी गरिरहेको बताईन् ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :