नेपाल पत्रकार महासंघको चुनावमा मेरो उम्मेदवारी नै बहुसंख्यक श्रमजीवीको हकहितका लागि हो । श्रम गर्नेहरुको संस्था महासंघ बन्न सकेको छैन । महासंघ आमपत्रकारहरुको साझा संस्था बनेर श्रमजीवीको हितका लागि काम गर्ने गरी अघि बढनुपर्छ । यसका लागि श्रमजीवी नै चयन गर्नुपर्छ किनकी श्रमजीवीले मात्र अन्य श्रमजीवीको मुद्दा उठान गर्न सम्बोधन गर्न सक्छ र अघि बढ्न सक्छ । यसका लागि दलका ठेकेदार चयन गर्न हुन्न ।
दलप्रति आस्था वा विचार निकट हुन नराम्रो होइन तर महासंघमा जितेर गएपछि दलका जुत्ताचप्पल महासंघको ढोकामा खोलेर भित्र पस्नुपर्छ । आमश्रमजीवीको पक्षमा काम गर्नुपर्छ । म आममतदातालाई यही नै आग्रह गर्छु कि जुन सोच विचारले मलाई मतदान गर्नुहुनेछ । तपाईँको मत खेर जान दिइने छैन । महासंघमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधव नेपालसँगको विस्तृत कुराकानी हेर्नुहोस भिडियोमा ।