Logo
भिडियो

कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनयमा ‘के छ तिम्रो विचार’ (भिडियो)


क्यारिकेचर गरेर राम्रो चर्चा कमाएका कलाकार दिनेश काफ्ले र सुन्दरी नायिका नम्रता सापकोटाको अभिनय रहेको ‘के छ तिम्रो विचार’ बोलको गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

कलाकार, नेता, लगायतको जस्ताको त्यस्तै क्यारिकेचर गरेर लोकप्रियता कमाएका काफ्लेको सशक्त अभिनय रहेको ‘के छ तिम्रो विचार’ बोलको डान्सिगं शैलीको रमाइलो गीतमा नम्रताको धमाकेदार अभिनय देख्न सकिन्छ ।

सार्वजनिक भिडियोमा उमेरले परिपक्क एक युवतीलाई मन पराउने र मिठा मिठा सपना देख्ने युवकको रमाइलो किस्सालाई कलात्मक शैलिमा देखाइएको छ ।

भिडियोमा गज्जबसँग खुलेकी नम्रतासँग प्रेममा रहेको कल्पना गरेका कलाकार काफ्लेले पनि कमालको अभिनय गरेका छन् । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको गीतमा दीपराज थापाको शब्द सिर्जना रहेका छन् । सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको कोरियोग्राफी आरजु बैजुले गरेकी हुन् ।

मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । जसको निर्देशन पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक शिशिर खातीले गरेका हुन् । शिशिर पछिल्लो समय फरक शैलीको भिडियो दिन माहिर निर्देशक मानिन्छन् ।

फिल्म लभस्टेसनको घामजुन, मेरो आँगनी, फिल्म तिमीसँगको तिमीसँग, फिल्म चचहुईको शिल्की शिल्की बाल, जवानी लगायतका गीतहरुमा नृत्य निर्देशन गरेर चर्चा कमाएका शिशिरले भ्वाइसका बिजेता किरण गजमेरको पारौँ कान्छी झ्याई झ्याई बोलको गीतको निर्देशन गरिसकेका छन् ।