Logo
अन्तर्वार्ता

नायक खतिवडाको खलनायकी चरित्र, दलित युवतीमाथि ३ वर्षदेखि शोषण (भिडियो सहित)


केटीकै कोठामा ३ वर्षदेखि गाँस, बास, कपास
विहेको आश्वासनमा पटक पटक गर्भपतन
ऋणवापत लगेको लाखौं रकम बेहिसाव
अहिले पनि गर्भ रहेको आशंका
बहुबिवाहको झमेला हुन्छ भन्दै बिवाह गर्न अस्वीकार

चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमन र महिला हिंसा विरोधी अभियन्ताको रुपमा आफूलाई उभ्याएका छन् । अर्थात उनी नायक हुन् । चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरुलाई दुख दिने जोकोहीलाई खतिवडाले मुक्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने क्रुर खलनायकको रुपमा रहेको रहस्य फेला परेको छ । 

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर एक युवतीलाई शारीरिक शोषण गर्दै लाखौं रकम समेत ठगेको पाइएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् । 

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि.द्वारा सञ्चालित इन्फो काठमाडौंको कार्यालयमा आएकी पीडित गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको हो । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् ।

पछि इमो मार्फत खतिवडाले लगातार फोन गर्ने र म्यासेज पठाउने गर्न थाले । एकदिन अचानक खतिवडाले पाँच हजार मागे । केही दिनमा फिर्ता गर्छु भनेका खतिवडाले त्यो पैसा फिर्ता गर्ने भन्दा पनि विभिन्न बहानामा अरु पैसा माग्न थाले । ̍देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर मसँग हुँदा दिई रहें, यसो गर्दागर्दै ८० हजार पुगिसकेछ तर फिर्ता गर्दै गरेनन्’ । –लक्ष्मीले भनिन् । 

यतिका पैसा लिइसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे ।  ̍म त छाँगाबाट खसेझैं भएँ । हाम्रो सम्बन्ध तपाईंको परिवार र समाजले स्वीकार्छ त ? भनेर सोधें उहाँले कलाकारको कुनै जात र धर्म हुँदैन, मैले मनबाट चाहेर विवाह गर्न खोजेको हो । खतिवडाले यति भनिसकेपछि हामी श्रीमान श्रीमतीको रुपमा सँगै बस्न थालेका हौं ।’– लक्ष्मीको भनाई रहेको छ । 

उनले बताए अनुसार खतिवडा बिहानदेखि रक्सी पिउँथे । अनि पसको उधारो लक्ष्मीले तिर्नु पथ्र्यो । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम रक्सी पसलमा बुझाएकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै लक्ष्मीले नै किन्दिनु पथ्र्यो ।

लक्ष्मीको कोठामा बसेका खतिवडाले चलचित्र खेले बापतको रकम आउँदा एक पैसा पनि लक्ष्मीलाई दिएनन् । बरु लक्ष्मीसँग पैसा माग्थे अनि नदिएमा बाहिर रक्सी पिएर आएर रगताम्य हुने गरी पिट्थे । ̍अहिले पनि शरीरभरि चोटका दागैदाग छन्, त्यही भएर गर्मी सुरु हुँदा पनि यस्तो लामो लुगा लगाउनु परेको छ ।’– लक्ष्मीले भनिन् । 

लक्ष्मी गर्भवती थिइन् । त्यही बेलामा ज्वरो आएर आराम गरिरहेको बेला खतिवडाले औषधि लिएर आए र खान लगाए । तर ज्वरो ठीक होला भनेर खाएको औषधिले गर्भपतन गरायो । तीन वर्षको अवधिमा दुई पटक गर्भपतन गराएको लक्ष्मीको दावी छ । ̍अहिले पनि गर्भ बसे जस्तो लागेको छ तर चेकअप गरेको छैन ।’– उनले भनिन् ।

शारीरिक तथा मानसिक रुपले तनाब दिई रहेका खतिवडाले पछिल्लो समय भने आफूले अर्कैसँग बिवाह गरिसकेकोले आफ्नो बाटो लाग्न लक्ष्मीलाई दवाव दिएका छन् । उनलाई बिवाह गरेमा घरमा पानी नचल्ने भएकोले बिवाह गर्न नसक्ने तर्क गरेर लक्ष्मीलाई हैरानी दिएका छन् ।

̍आफ्नो अर्की श्रीमती भएकोले तिमीसँग बिवाह गरेमा बहु बिवाहको झमेला व्यहोर्नु पर्छ’ भन्दै आफूलाई झन् धेरै मानसिक तनाब दिने गरेको लक्ष्मीले बताईन् । यस बारेमा बुझ्न खतिवडालाई फोन गर्दा उनले फोन उठाएनन् ।

यो पनि पढ्नुहोस्

भेट, सेक्स र जाँडको कथा  नायक किशोर लक्ष्मी काण्डः पहिलो भेटमैँ शारीरिक सम्पर्क

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :