Logo
अन्तर्वार्ता

नयाँ वर्ष २०७८ : राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको कोर्स प्रारम्भ (भिडियो सहित) 


प्रसिद्ध ज्योतिषी डा.रूद्रनाथ अधिकारीका अनुसार नयाँ वर्ष २०७८ नेकपा एमाले, प्रधानमन्त्री केपी शर्मा ओली र राजसंस्थाका लागि निकै उत्तम छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  कांग्रेस सभापति शेरबहादुर देउवाको ओरोलो यात्रा पनि नयाँ बर्षसंगै सुरु हुँदैछ । 

अनलाइन पानासँग कुरा गर्दै डा. अधिकारीले भने, ‘ बिभाजनको संघारमा पुगेको एमाले एकबद्ध हुनेछ । प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओली र माधव नेपाल तथा झलनाथ खनालकाबीचमा मेलमिलाप हुनेछ । एमालेका नेता कार्यकर्ताको आशा पुनः जागृत हुनेछ । ओलीले आफनो वाणी मात्र नियन्त्रण गरे उनलाई चौतर्फी सफलता मिल्ने देखिन्छ । ’

अधिकारीका अनुसार प्रधानमन्त्रीको ग्रहदशा निकै राम्रो छ । सन २०२४ को अगस्तसम्म प्रधानमन्त्री ओली शक्तिशाली रहनेछन् । 

पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने झन कमजोर हुँदैछन् । उनी रोग र शोकमा डुब्नेछन् । उनको राजनीतिक ओज लगभग समाप्त भैसक्यो । प्रचण्ड अब उठ्न सक्ने छैनन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था पनि प्रचण्ड जस्तै छ । दुवै नेताको ग्रहदशासंगै राजनीतिक र रणनीतिक कदम पनि कमजोर देखिन्छ । उनीहरुको निर्णयले निकास दिने अवस्था देखिदैन । 

अधिकारी भन्छन्, ‘ नयाँ वर्षसंगै राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको कोर्स प्रारम्भ भएको छ । पहिला मुलुकमा राजसंस्थाले स्पेस पाउनेछ । त्यसपछि मात्रै हिन्दु राष्ट्र कायम हुनेछ । राजसंस्था फर्काउन प्रधानमन्त्री ओलीले नै पहल गर्ने देखिन्छ । ’

राजसंस्थालाई स्पेस दिन पूर्वराजा ज्ञानेन्द्र शाहले आफनी बुहारी हिमानी र नाती हृदयेन्द्रलाई अघि सार्नु उत्तम हुनेछ । शाह आफै अघि सर्नु उचित देखिदैन । नेपालमा राष्ट्रपति र राजसंस्था एकसाथ चल्ने नयाँ संरचनाको विकास हुने सम्भावना छ ।

नयाँ वर्षसंगै भारत र चीनसंगको सम्बन्ध पनि राम्रो हुने देखिन्छ । चीनको नेपाल दृष्टिकोण सकारात्मक नभएपनि अब प्रधानमन्त्री ओलीले सन्तुलन कायम गर्नेछन् । 
प्राकृतिक प्रकोप र विपत्ति भने निकै खतरनाक हुनेछ । बाढी पहिरो, डुबान, आगलागी, रोग व्याधी, हवाइ तथा सवारी दुर्घट्ना धेरै हुनेछन् । 

विस्तृत भिडियोमा हेर्नुहोस् :