प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बहसमा पुनः ‘एमसीसी’ को विषय उठाउन थालेपछि नेपालको राष्ट्रिय राजनीति ध्रवीकरणमा जाने देखिएको छ । ‘एमसीसी’ को पक्ष र विपक्षमा रहेका दलहरुबीच कित्ताकाटको अवस्था आउन थालेको हो ।
वरिष्ठ अधिवक्ता एवम विश्लेषक बोर्णबहादुर कार्की भन्छन्, ‘प्रधानमन्त्री ओली अमेरिकाको इशारामा चलिरहेका छन् । उनी सम्पूर्ण रुपमा अमेरिकाको नियन्त्रणमा छन् । उनले संसद् बिघटन पनि अमेरिकाकै इशारामा गरेका हुन् । आज ‘एमसीसी’ सम्बन्धी बहस पुनः उठाउनुको कारण पनि अमेरिकी दवाव नै हो । यसले नेपालको राजनीतिलाई विषयान्तर गर्ने देखिन्छ । ’
कार्कीका अनुसार नेपालको सम्पूर्ण राजनीति नै ‘एमसीसी’ को गोलचक्करमा फँसेको छ । पूर्वसभामुख कृष्णबहादुर महराले ‘एमसीसी’ टेबल नगरेकै कारण उनलाई फसाईएको हो । आज प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटासंग पनि त्यही विषयमा असन्तुष्टि जनाइरहेका छन् । सापकोटालाई ठीक पार्न उनले सर्वोच्च अदालतमा सापकोटाविरुद्ध मुद्दा अघि बढाए अचम्म मान्नु पर्दैन । त्यो नभए सापकोटालाई सिध्याउन अरु कुनै षडयन्त्र हुने लगभग निश्चित छ ।
महराले जसरी हिजो एमसीसी टेबल नगरेर राम्रो काम गरे आज सापकोटाले पनि राष्ट्रको पक्षमा अडान लिएका छन् । प्रधानमन्त्रीले राष्ट्रहित विपरित काम गर्दा त्यसलाई रोक्नु सभामुखको कर्तव्य हो ।
कार्की भन्छन्, ‘नेपालको राजनीतिमा अहिले प्रचण्ड देशको पक्षमा देखिन्छन् । प्रचण्डसंग देश र जनताका एजेण्डा छन् । ओली र देउवा विदेशीका गोटी भए । यी दुईजनाको विदेशी शक्ति श्रोत पनि एउटै हो । अहिले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पनि नाङ्गोरुपमा प्रस्तुत भए । ’
हाललाई ओलीलाई इण्डो अमेरिकी साथ रहेकाले केही काल उनी सुरक्षित जस्ता देखिएपनि उनको दरवार ढल्न थालिसकेको छ । कर्णाली प्रदेशबाट ओलीको हार सुरु भइसकेको छ । प्रदेश १ र गण्डकी प्रदेशमा ओलीका मुख्यमन्त्रीले शीर निहुराएर संसद् अधिवेशन अन्त्य गरे । बागमती र लुम्बिनीमा पनि त्यही हाल छ । ओली जुन दिनसम्म प्रयोग हुन्छन् , विदेशीले त्यही दिनसम्म मज्जाले चुस्छन् । उनको उपादेयता सकिएको दिन उखु चुसेर फाले जस्तै फाल्नेछन् ।
हाल भारतमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्मान दिनुको पछाडी पनि षडयन्त्र भएको कार्कीको ठम्याई छ । उनका अनुसार नेपालमा अस्थिरता मच्चाउन शाहको प्रयोग गर्ने भारतको योजना छ ।
विस्तृत भिडियोमा हेर्नुहोस् :