Logo
अन्तर्वार्ता

ओलीसँग राजावादी र हिन्दुवादीको सहकार्य (भिडियो सहित) 


धेरैको मनमा उठिरहेको कुरा हो अहिले मुलुकमा राजनीतिक अस्थिरता र अन्योल बढ्नुको पछाडी पनि ‘डिजाइन’ छ । संसद् बिघटन, पुनस्र्थापना, नेकपाको विभाजन, अदालतमा सभामुखविरुद्धको ज्यान सम्बन्धी मुद्दा लगायत संसद्को अधिवेशन अन्त्य, दलहरु भित्रका आन्तरिक लडाईं यी सबै योजनाबद्ध रुपमा भैरहेका छन् । 

उद्देश्य एउटै छ । १२ बुँदे समझदारीपछि मुलुक जुन राजनीतिक कोर्समा गयो त्यसले नेपाल र नेपालीले मात्र होइन छिमेकी देशले समेत शान्ति पाएनन् । लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र स्थापना भयो । अब राजनीतिक कोर्स फेर्ने बेला भयो । 

अनलाइन पानासंग कुरा गदैै राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणा भन्छन्, ‘ राजसंस्था र हिन्दु अधिराज्य अहिलेका प्रधानमन्त्री ओलीकै पहलमा फर्किने सम्भावना छ । पूर्वराजा शाह र प्रधानमन्त्रीबीच संवाद भएको बुझिन्छ । फेरि पनि संवाद हुन्छ । देश र जनताका लागि ओलीले काम गरे उनीसंग सहकार्य गर्न सम्पूर्ण राजावादी र हिन्दुवादी तयार छन् ।’

हालै भारतमा पूर्वराजा शाहलाई दिइएको सम्मान नेपालमा भारत के चाहन्छ भन्ने कुराको प्रष्ट संकेत हो । छिमेकी मुलुकहरुको सद्भावमा नेपाली जनताले अब राजसंस्था पुनस्र्थापना गर्ने कुरामा शंका छैन । सकभर सहमतिमा नभए आन्दोलन गरेरै भएपनि राजसंस्था र हिन्दु अधिराज्य कायम हुन्छ । 

अध्यक्ष राणाका अनुसार अहिले देशभरका राजावादी र हिन्दुवादीलाई एकबद्ध गर्ने प्रयास भैरहेको छ । बिभिन्न शक्तिहरुसंग छलफल चलिरहेको छ । छिटो भन्दा छिटो टुंगोमा पुग्नेछ । राप्रपा बलियो शक्ति भएपनि त्यसका प्रमुख तीन नेता पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीका कारण समस्यामा परेको छ । नेता त्रयले जिम्मेवारी दोस्रो पुस्तालाई हस्तान्तरण गरी अभिभावक भएर बसे राप्रपा बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने छ । त्यो अवस्थामा सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एउटै छातामुनी बस्न पनि सहज हुनेछ । 

विस्तृत भिडियोमा :