विकास र समृद्धिका लागि हरेक सरकार र राजनीतिक दलहरुले आ–आफना नीति र घोषणा पत्रमा उल्लेख गरेपनि त्यसको सही कार्यान्वयन गरेका छैनन् । हुँदाहुँदा विकास र समृद्धिलाई मुल नारा बनाएको दुई तिहाइको नेकपा सरकार पनि असफल भयो । राजनीतिकरुपमा मात्र नभई आर्थिक समृद्धिका हिसाबमा पनि सरकारले काम गर्न सकेको देखिएन ।
विकास अभियन्ता एवम नेपाली युवा उद्यमी मञ्च कैलालीकी अध्यक्ष हीरा भण्डारीका अनुसार देशमा असल नेतृत्वको अभावमा कुनैपनि नीति कार्यक्रम लागु हुन सकेका छैनन् । नेताहरु व्यक्तिगत तथा दलगत स्वार्थमा लिप्त भएका कारण विकास र समृद्धिका एजेण्डा उनीहरुको प्राथमिकतामा नपरेका हुन् ।
देशको कायापलट गर्ने हो भने कृषिमा लगानी गर्नुपर्छ । गाउँदेखि शहरसम्म कृषिजन्य गतिविधिलाई बढावा दिन सरकार नीतिगत रुपमै अघि बढ्नुपर्छ । स्थानीय तहदेखि केन्द्रसम्मका सरकारले किसानलाई प्रोत्साहित गर्ने नीति लिनुपर्छ । निर्वाहमुखी कृषि होइन, व्यावसायिक खेतीका लागि वातावरण बनाउनुपर्छ ।
जहाँसम्म कृषिमा लगानी बढाउने कुरा छ , यो विशुद्धरुपमा स्वदेशी लगानी हुनुपर्छ । कृषिमा बैदेशिक लगानी गर्ने सरकारको नीति उचित होइन । यसमा पुनर्विचार गर्नुपर्छ । विदेशी लगानीले हाम्रा गाउँघरका किसान र यहाँका उद्योगी धराशायी हुन्छन् । यसले हाम्रो आर्थिक प्रणाली नै ध्वस्त बनाउँछ ।
देश निर्माणका लागि हरेक क्षेत्रमा हुने भ्रष्टाचार न्यूनीकरण गर्नैपर्छ । यसमा पनि नीतिगत भ्रष्टाचार अन्त्य गर्नुपर्छ । नीतिगत भ्रष्टाचारले देश तहसनहस भैरहेकाले असल नेतृत्वले मात्रै यसलाई समाप्त गर्न सक्छ ।
सरकारले नेपालका उद्योग व्यवसायीलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । कोरोना संक्रमण र लामो लकडाउनबाट थिलोथिलो भएको आर्थिक क्षेत्रलाई उकास्त व्यवसायीलाई प्रोत्साहित नगरी हुँदैन । यसका लागि व्यसायीको माग अनुसार सहुलियत दिनु उपयुक्त हुन्छ ।
विस्तृत भिडियोमा :