ममताले कहिलेकाहीं कुरुप स्वरुप धारण गर्न पुग्छ । जसको कारण नसोचेको अपजसको सामना गर्नु पर्दा जति भक्कानिए पनि मन शान्त पार्न कठिन हुन्छ । यस्तै एउटा अवस्थाको सामना गर्नु पर्ने बाध्यतामा पुगेकी छिन् अधिकारकर्मी सिर्जना वाग्ले ।
चैत्रको अन्तिमतिर भोजपुर घर बताउने लक्ष्मी गदाल नामकी महिला सिर्जना कार्यकारी निर्देशक रहेको अनलाइनपाना डट कमको कार्यालयमा आईन् । भक्कानो छोडेर सुरुमा एउटा कहाली लाग्दो घटना सुनाईन् । अनि अन्तिममा त्यो घटनाका पीडक चलचित्र कलाकार किशोर खतिवडा भएको बताईन् । उनको त्यो कहानी सुन्दा नेपाली समाजमा मानवता हराएको आभाष हुन्थ्यो ।
एउटा जीमहलमा काम गर्ने सामान्य युवती थिईन् लक्ष्मी उनको शब्दमा भन्नु पर्दा । एकदिन बाटोमा किशोरले उनलाई बोलाए अनि मोबाईल नम्बर मागे । नम्बर लिएपछि हरेक बिहान गुड मर्निङ भन्दै म्यासेज पठाउने गर्थे । यसो हुदा हुदै एकदिन पाँच हजार मागे अनि उनले दिईन् ।
केही दिनमा फिर्ता गर्छु भनेको रकम उनले फिर्ता दिएनन् बरु विभिन्न बहाना बनाएर अरु पनि रकम मागे यसो गर्दा गर्दै उनले लक्ष्मीबाट लाखौं रकम असुले । पछि उनी लक्ष्मीकै कोठामा आएर बस्न थाले अनि बिवाह गर्छु भनेर जवरजस्ती शारिरीक सम्बन्ध राखे । तीन वर्ष सँगै बस्दा लाखौं पैसा पनि सकियो र दुइ पटक गर्भपतन नै गर्नु पर्यो । अझै गर्भमा बच्चा छ कि भन्ने शंका छ । उसको अर्को पनि बुढी छ रे मेरो आवाज सुन्दिनु । किशोर मेरोमा आउन पनि छोड्यो । म बर्बाद भएँ । यति भनेपछि अधिकारकर्मी वाग्लेको पनि पग्लियो । सकेसम्म सहयोग गर्ने बचन दिएर पठाईन् । तीनै महिला भोलीपल्ट पनि आईन् र जसरी पनि अन्तरवार्ता लिएर न्यायको निम्ति आवाज उठाउन मद्धत गर्नु पर्यो भन्दै हारगुहार गरिन् ।
अन्तरवार्ता लिईयो अनि किशोरलाई फोन गरियो तर उनले फोन उठाएनन् । त्यसको दुईदिनसम्म पनि किशोर सम्पर्कमा नआएपछि ईन्फो काठमाडौंमा भिडियो अपलोड गरियो । अधिकारकर्मी वाग्ले निरन्तर खतिवडालाई सम्पर्कमा ल्याउने प्रयासमा थिईन् । भिडियो सार्वजनिक भएपछि मात्र खतिवडा पनि सम्पर्कमा आए अनि नयाँ कुरा खुल्यो कि उनीहरु भेटेको पहिलो दिनमै सँगै रक्सी पिएर शारिरीक सम्पर्क भएको रहेछ । दुई जनालाई सँगै राखेर बुझ्दा दुवै जनाको गल्ती भेटियो । करीब ३ घण्टाको छलफलपछि अव सँगै जीवन बिताउने भन्ने सहमति गरेर उनीहरु छुट्टिए । लक्ष्मी किशोरसँग भएका हरेक म्यासेज ल्याएर देखाउँन थालिन् उनीहरुको बिवाहको मिति पनि पक्का भयो तर किशोर मन्दिरमा लक्ष्मीलाई बोलाएर गएनन् ।
यति भईसकेपछि लक्षी फेरी गुहार माग्दै हाम्रै कार्यालयमा आईन् । अब जसरी पनि किशोरलाई थुनाउँछु भन्दै उनी रोईन् । त्यतिबेला वाग्लेले थुनाउन नहुने बरु नाता कायम गराउने वा अन्य बिकल्पमा जान सुझाव दिईन् । खतिवडालाई थुनाउनु समस्याको समाधान नभएको तर्क वाग्लेको थियो । घरी २० लाखजति रकम लिएर खतिवडाको साथ छोड्ने पनि भन्थिन् लक्ष्मी ।
अधिकारकर्मी वाग्लेको पहलमा लक्ष्मीले बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीलाई समेत भेटेर सल्लाह मागिन् । वाग्लेसँगै लक्ष्मी तीनकुने प्रहरी चौकीसम्म पनि पुगिन् । कार्कीसँग दुईदिनपछि भेटेर कानुनी प्रक्रियाको आरम्भ गर्ने सहमति थियो तर लक्ष्मी त्यहीदिन बेलुकादेखि सम्पर्कमा आईनन् । बरु किशोर विरुद्ध अनलाइनपाना समूह र वाग्लेले भड्काएको भन्दै आफ्नै भद्धा मजाक उडाएर युटयुवर मार्फत सार्वजनिक भईन् । अधिकारका लागी आँखा चिम्लेर लागिपरेकी वाग्लेले १० लाखको बार्गेनिङ गरेको आरोप मात्र लगाईनन्, आपत्ति जनउनु पर्ने हरेक शब्द बोलिन् । हामीकहाँ आउँदा दानवको उपमा दिएको किशोरलाई युट्युवरकोमा पुग्दा महामानव उपमा दिईन् ।
युट्युवरले आफ्ना सिण्डिकेटमा सम्पर्क बिहिन बनाएर लगातार भ्रामक भिडियोहरु सार्वजनिक गरिरहेका छन् । जसको कारण वाग्लेप्रति भ्रममा परेका नागरिकहरुे सामाजिक सञ्जालमा विभिन्न प्रतिकृया दिए । वाग्लेको छवि र कार्यशैलीलाई नजिकबाट चिनेकाहरु उनको बचाउमा लागे भने नचिनेकाहरु भ्रममा परेर गालीमा उत्रिए । राष्ट्र र राष्ट्रियताको पक्षमा सँधै सतिशाल झैं उभिने अनि आपत बिपत र हिंसामा परेकाहरुको उद्धारमा समर्पित वाग्लेको कोमलतालाई कठोर मुटुको रुपमा चर्चा हुन थालेपछि वाग्लेले आफ्नो प्रतिक्रिण दिएकी छिन् ।
बाँकी विस्तृत यो भिडियोमा :