Logo
टिप्पणी

आयल निगममा पौडेलको उदाहरण, यति चाँडो सके पाइपलाईनको काम (भिडियो सहित)


नेपालमा बन्ने प्रायजसो सरकारी योजनाका कामहरु समयमा सम्पन्न हुन सकेका उदाहरणहरु कमै मात्रामा होलान् । अझ निर्माणका कामहरु त झन् आयोजक सरकारी संस्था र ठेकेदारबीच समन्वय हुन नसक्दा वर्षौसम्म हुन नसकेको फेहरिस्त नै भेट्न सकिन्छ भने कति त निर्माण नसकी छोडिएका परियोजनाहरु पनि छन् । तर परियोजनाको आयोजक संस्थाको नेतृत्वले आफ्नो जिम्मेवारप्रति बफादारिता देखाउन सक्यो भने सरकारी निर्माणको काम पनि चाँडै सम्पन्न हुदो रहेछ भन्ने उदाहरण नेपाल आयल निगमले देखाएको छ । 

चाख लाग्दो कुरो त के छ भने मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९ किलोमिटर पेट्रोलियम पद्धार्थको पाईपलाईन निर्माणको अवधि २० महिनाको भएता पनि १५ महिनामै सकिएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र हाल अमलेखगञ्जको डिपो प्रमुख प्रदिप कुमार यादवको तदारुकता र सवल समन्वयले यो परियोजना निर्धारित समयभन्दा चाँडै सकिएको हो । यस ठाउँमा डिजेलको भण्डारण सुरु गरिसकिएको छ भने पेट्रोलको ट्याङ्की निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

यसरी पाइपलाईन निर्माण गरेपछि निगमको आपुर्ति खर्च सयबाट पच्चिस प्रतिसतमा झरेको मात्र छैन, समयको बचत र प्रदुषण समेत कम हुने भएको छ । यसरी पाईपलाईबाट पेट्रोलियम पदार्थ आपुर्ति गरेपछि यसले काम कसरी गर्छ त ?  

भिडियोमा हेरौं :