Logo
भिडियो

गायक प्रमोद खरेलले सार्वजनिक गरे नयाँ गीत छाती चिरेर


गायक प्रमोद खरेलको नयाँ गीत छाती चिरेर सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीत गायक खरेलले आफ्नो युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा गायक खरेलसँगै नायिका ऋचा शर्माको अभिनय छ । यो वियोगात्मक प्रेम गीतमा प्रमोद व्हील चेयरमा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन् । निर्देशक गीतको भिडियो दिपक प्रसाद आचार्यको अवरधारणा र निर्देशनमा बनेको हो ।

यो गीतको भिडियोमा सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन । भिडियो, संगीत र गायन राम्रो भएको मानिएको यो गीतलाई केहीले गायक खरेलकै उत्कृष्ट गीतसमेत भनेका छन् ।