गीत गाएर भाइरल बनेकी पश्चिम रुकुमकी बाल गायिका नबिना के.सी.को पहिलो रेकर्डेट गीत सार्वजनिक भएको छ । ११ वर्षीया गायिका के.सी.कै जीवनमा आधारित रहेर बनाईएको खुसी गुमेको बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
३ वर्षकै उमेरमा आफ्नो बुवा गुमाएकी गायिका केसीको वास्तविक जीवनमा आधारित रहेर बनाईएको गीत मर्मस्पर्शी छ । यस गीतमा दिपेन्द्र पौडेलको शब्द, चक्र अवि।लको संगीत तथा नबिनाको साथमा दिपेन्द्र पौडेल र चक्र अविरलको समेत स्वर रहेको छ भने याम थापाले गीतको एरेञ्ज गरेका छन् ।
चिरपरिचित थुप्रै कलाकारहरुलाई अभिनय गराईएको भिडियोमा विक्रम कार्कीको छायाँकन रहेको छ भने गायक तथा संगीतकार समेत रहेका प्रियजन राईले निर्देशन गरेको भिडियोको सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् ।
लिंकमा भिडियो हेर्नुहोस् :