Logo
भिडियो

गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक


दशैँ-तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक भएको छ l सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर सुन्न सकिन्छ।
 
भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो l जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l भिडियोमा गीतका गायक समेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन्।
 
भिडियोमा परदेशी युवकले दशैं-तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश व्यक्त भएको छ l खासगरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र मार्फत उसले पठाएको सन्देश यथार्थपरक, समसामयिक र मन छुने किसिमको छ l ध्रुव प्रसाद अम्गाई लामो समयदेखि गीत सङ्गीतमा सक्रिय छन्। उनका केही गीतहरु सार्वजनिकको तयारीमा छन्।