कलाकार तथा अभिनेत्री निशा घिमिरे यतिबेला गम्भीर दुर्घटनामा परी सिकिस्त अवस्थामा उपचाररत छिन् ।शरीरमा उनको हाडछाला बाहेक अरु केही छैन।उनी बोल्न सम्म सक्दिनन् तर अरुले बोलेको कुरा बुझेकी हुन्छिन् किनभने उनको बारेमा कसैले नराम्रो बोलेको सुनेपछी उनी आँखाबाट आँसु धुरुधुरु झार्छिन् ।
उनले पहिले दर्जनौं म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् । उनले अभिनय गरेको एउटा गीतमा भनिएको छ आज निष्ठुरीको फोटो देखेर रोएँ,आफ्नै भाग्य खोटो देखेर रोएँ” यो गीतमा अभिनय झैँ भयो निशा घिमिरेको भाग्यमा आज खोटो भएको छ । गीत मा अलिक सेन्टिमेन्टल छ । उनले आफ्नो प्रेममा भाग्य खोटो भएको भनेर अभिनय गरेकी छिन् तर बिडम्बना आज उनीलाई आफ्नो जीवनमा पनि भाग्यले यस्तै बनाइदिएको छ । उनी ओछ्यानमा थला परेर सुतिरहेकी छिन् ।
कार्यक्रममा जाने र मोडलिङ सिक्ने अभिलाशा बोकेर जाने क्रममा भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परीब्रेन इञ्जुरी भएको थियो । सुरुमा त उनी परीवारको सम्पर्कमा बारम्बार आइरहन्थिन् तर केही समय सम्पर्कबिहीन भएपछि परीवारबाट बुबाले फोन लगाए । तर भारतीय प्रहरीले फोन उठायो र छोरी दुर्घटनामा परेको हुनाले अस्पतालमा लगिएको र मोबाइल प्रहरीसँग भएको जानकारी गरायो ।
त्यसपछि बुबाले आफू राम्रोसँग भाषा नबुझ्ने भएको कारण गाउँकै एकजना वकिललाई बोल्न लगाएर छोरीको अवस्थाबारे बुझ्न लगाउँदा छोरी गम्भीर दुर्घटनामा परेको जानकारी प्राप्त गरे । उक्त जानकारी पाए लगत्तै आफ्नो ठूलोबुबाको छोरा दाजुसँग इण्डिया तिर गए । त्यहाँ पुगेर हेर्दा छोरीको अवस्था अत्यन्तै नाजुक थियो र आफूले लिएर गएक्क अढाइ लाख जति भारू पैसा पनि अपुग भयो । त्यहाँ लगभग २२ दिन उपचारका लागि बसे तर बिसको उन्नाइस पनि हुन सकेन । पैसा नदिइकन हस्पिटलबाट निकाल्न पनि दिएन ।
त्यसपछि निशाका बुबालाई दिल्लीबाट एकजना आफन्तले केही समयका लागि पैसा लगाइदिने भए र बल्लतल्ल छोरीलाई त्यहाँबाट प्लेनमा ल्याउन नमिल्ने भएकाले आइसियू सहितको एम्बुलेन्सको व्यवस्था गरि घरसम्म ल्याउने व्यवस्था गरियो । उनले यहाँ अस्पतालमा भर्ना गरेर आफूसँग भएजत्तिको सम्पत्ति सबै सके र अहिले बाँकी रहेको घर समेत राखेर सहकारीबाट ऋण समेत लिएर छोरीको उपचार गराउँदै आइरहेका छन् । अब त पैसा नै नभएपछि गाई पालन गर्दै त्यसैबाट दूध बेचेर छोरीको उपचार गर्दै आइरहेका छन्।
अहिले निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौं ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरेका थिए । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, उनले भने । राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए ।
‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग बिना नै उपचार गर्दै आइरहेका थियौं।हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने तर अहिले कुनै पनि स्थिति भएन,भएको सम्पत्ति सबै सकियो । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
हेरौं यो एउटा म्युजिक भिडियो :