आठ वर्ष अगाडि आफैंले गाएर हिट भएको गीतको फिमेल भर्सन लिएर गायक तथा संगीतकार सुनिल गिरी फेरि पनि दर्शक श्रोतामाझ आएका छन् । गिरीकै शब्द तथा संगीत रहेको को होला त्यो बोलको मेल भर्सनलाई धेरैले मन पराएका थिए ।
लोकप्रिय यसको फिमेल भर्सन गायिका अस्मिता अधिकारीले गायकी छिन् । यो गीतको भिडियो सार्वजनिक भएको केही घण्टामै ट्रेण्डिङमा चढेको थियो । केही समय अगाडि ४ नं.मा रहेको गीतको भिडियो यो समाचार तयार पार्दासम्म ५ नं.मा छ ।
भिडियोमा मेल भर्सनकै कलाकार पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका छन् ।
सुनिल गिरीकै निर्माण रहेको भिडियोलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् । गीत सार्वजनिक भएसँगै यसमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार रुपैयाँ पुरस्कारको समेत घोषणा गरिएको छ ।
सुनिल गिरी ‘को होला त्यो’ आफ्नो विशेष गीत रहेको बताउँछन् । आफ्नो धेरै गीत आएपनि यो गीत सधै मनमा बसिरहेको बताएका छन् । गीतको छायांकनपक्ष उत्कृष्ट छ । निर्देशकले पल र प्रकृतिको जोडीलाई आकर्षक तरिकाले फिचरिङ गरेका छन् ।
बाँकी यो भिडियोमा हेर्नुहोस् :