Logo
भिडियो

नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ सार्वजनिक


नयन सिं र अनु प्रधानको अभिनयमा तिमीमै रहुँ (भिडियो सहित) काठमाडौं । पछिल्लो समयमा लकडाउनको कारण सबै क्षेत्र सुन्य भएझैं मनोरञ्जन क्षेत्र झनै ठप्प छ ।

लकडाउनपछि निशेधाज्ञा भन्दा अगाडी केही कलाकर्मीहरुले थोरै म्युजिक भिडियोहरु निर्माण र अभिनय गर्न भ्याए । यस्तै भाग्यमानी कलाकारको सुचीमा परेका छन् मोडल नयन सिं पनि । उनले त्यही समयमा अनु प्रधानसँग अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।

तिमीमै रहुँ बोलको गीतमा सुनिल शाहको शब्द तथा दिपेन्द्र शाहको संगीत रहेको छ भने बिशाल निरौला र अस्मिता अधिकारीको स्वर रहेको छ । विभिन्न मनोरम दृष्यहरु समावेश गरी छायाँकन गरिएको भिडियोमा नरेश ऐरको छायाँकन, विक्रम चौहानको निर्देशन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस्