निर्वाचन आयोगद्वारा मध्यावधी निर्वाचनको कार्यतालिका स्वीर्कत, मतदाता नामावली भदौ २३ गते प्रकाशन
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कार्यतालिकामा आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य क्रियाकलाप समेटिएकोे छ । कार्यतालिकाअनुसार यही असार ३१ देखि आगामी साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
पहिलो चरणमा सम्पन्न हुने पहिलो निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम असोज २१ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए । मतदाताको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ २ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
संसद् विघटनविरुद्धको मुद्दामाथिको बहस सकयो, फागुन २८ गते फैसला
प्रतिनिधि सभा विघटनविरुद्ध परेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसद्ले दायर गरेको रिट निवेदनमाथि बहस सकिएको छ । सोमबार एमिकस क्यरिका चार जनाले आफ्नो राय प्रस्तुत गरेपछि रिट निवेदनमाथिको बहस सकिएको असार २८ सम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालत स्रोतका अनुसार असार २८ गते मुद्दाको फैसला आउने भएको हो । सोमबार एमिकस क्यरिका तर्फबाट नेपाल बार र सर्वोच्च बार एसोसियसनका तर्फबाट चारजनाले बहस गरेका हुन् । त्यसैगरि सोमबार नै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले बहस गरेका हु्न । यसअघि आइतबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए । यसअघि राष्ट्रपति, प्रधानमन्त्री र समामुखकातर्फका कानुन व्यवसायीहरुले बहस गरेका थिए । असार ९ गतेदेखि देउवासहितका सांसद्हरुले दायर गरेको रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको थियो ।
क्रियाशील सदस्यता विवादमा मुछिए छानबिन समितिकै संयोजक रमेश लेखक, विधान विपरीत सदस्यहरु नथप्न चेतावनी
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक विधान विपरीत सदस्यता वितरण गरेको भन्दै विवादमा मुछिएका छन् । बैतडी र लेखकको गृहजिल्ला कञ्चनपुरमा विधान विपरीत वडा तहको सिफारिसबिना नै सदस्यता वितरण गरेको भन्दै लेखकको आलोचना भइरहेको छ । देशभरका क्रियाशील सदस्यताहरुमा आएको विवाद मिलाउने समितिको संयोजक भएर आफैं विवाद सिर्जना गरेको आरोप लेखकलाई छ ।
बैतडीका दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोलामा क्रियाशील सदस्याता छानबिन समितिका संयोजक रमेश लेखकका भतिजा पर्ने वडाध्यक्ष भुवनराज भट्टले वडासभापतिको सिफारिस बिना पठाएका १५ जनाको नाम कांग्रेसको वेबसाइटमा अध्यावधिक गरिएको छ । उक्त नामहरु खारेज गर्न माग गर्दै वडा कार्यसमितिले उजुरीसमेत दिएको छ । त्यसैगरि कञ्चनपुरको भिमदत्त नगरपालिका–५ का सभापति श्यामसुन्दर ठकुराठीले कुनै पनि निकायको सिफारिसबिना छानबिन समितिका संयोजक लेखकले नविकरणको लिस्टमा ७ जना थपेर पठाएको बताएका थिए । उनले सभापति देउवालाई एक पत्र पठाउँद पार्टीको विधानविपरीत सदस्यहरु थप गरेको भन्दै खारेजका लागि पहल गरिदिन माग गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले पनि विज्ञप्ति जारी गर्दै थप गरिएका नामहरु खारेज गर्न माग गरेको छ । विधानविपरीत पदको दुरुपयोग नगर्नसमेत कञ्चनपुर कांग्रेसको चेतावनी छ ।
कोरोनाको जोखिम नहटेकोले सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुको सुझाव, अस्पताल खोज्दा–खोज्दै ज्यान गुमाउन पर्ने अवस्था आउनसक्ने चेतवानी
कोरोना महामारीको संक्रमण घटेको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पारिएको छ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना महामारी डेढ वर्ष बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । गत वैशाखदेखि सुरु भएको कोरोनाको दास्रो लहर नियन्त्रणका लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाए पनि सावधानी अपनाउन जनस्वास्थ्य विद्हरुले आग्रह गरेका छन् ।
मानिसहरुले आफ्नै लापरबाहीका कारण कोरोना जोखिम बढेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताएका छन् । उनल कोरोनाको नयाँ–नयाँ भेरियन्ट आउन थालेकोले पहिलो र दोस्रोभन्दा पनि भयावह स्थिति आउनसक्ने चेतावनी दिएका छन् । उनले अहिलेदेखि नै सावधानी नअपनाइए अस्पताल खोज्दा–खोज्दै ज्यान गुमाउनुपर्ने स्थिति आउनसक्ने चेतावनी दिएका हुन् । त्यसैगरि भाइरोलोजस्टि शेरबहादुर पुनले कोरोना संक्रमण घटबढ भइरहेको र पूर्णरुपमा घट्दो अवस्थामा नभएको बताएका छन् । उनले कोरोनाका विभिन्न प्रजातीहरु र त्यसले ठूलो क्षति पु¥याइरहँदा लापरबाही गर्न नहुने सुझाएका छन् । कोरोना भाइरस संक्रमण अहिलेसम्म नदेखिएकाहरुलाई तेस्रो लहरले छुन सक्ने भएकोले अहिले बचेभन्दै खुसी भएर जोखिममा हाम फाल्न नहुने बताएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ६२२ कोरोना संक्रमित, २३ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा दुई हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात हजार ४९९ नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ७४५ र र चार हजार २२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण ५७७ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप दुई हजार २११ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।
भारतीय माओवादीसँग जोडिएको घटनामा पक्राउ परेका पादरीको मृत्यु
नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन आठ दशमलव ४८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुनः ११ दशमलव ७८ अंकले घटेर २८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य चार अंकले घटेर पाँच सय २८ दशमलव ४१ अंकमा झरेको छ ।
दुई सय २४ वटा कम्पनीहरुको ५२ हजार आठ सय ४६ पटकको कारोबारमा एक करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर खरिद–बिक्री हुँदा आज कुल कारोबार रकम चार अर्ब ५८ करोड २२ लाख १२ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकामा आज आठवटा समूहको सूचक घटेका छन् । पाँचवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव दुई अंकले घटेर १९ सय नौ दशमलव ४३ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५६ दशमलव ६२ अंकले घटेर १३ हजार आठ सय ६० दशमलव सात अंकमा झरेको छ ।
झन्डै १२ अंकले नेप्से घट्दा ४ अर्ब ५८ करोडको सेयर किनबेच
सन् २०१८ जनवरी १ तारिखमा पुने नजिकै भएको स्मृति सभाको हिंसासँग जोडेर पक्राउ परेका आदिवासी अधिकारकर्मी तथा पादरी स्टान स्वामीको मृत्यु भएको छ । होली फ्यामिली अस्पतालमा ८४ वर्षीय स्वामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी पोष्ट कोभिड समस्याबाट पीडित थिए । हृदयघातका कारण सोमबार बिहान उनको मृत्यु भएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि गत मे २९ मा उनलाई तलोजा सेन्ट्रल जेलबाट मुम्बइस्थित होली फ्यामिली अस्पतालमा सारिएको थियो । नेसनल इनभेस्टिगेसन एजेन्सी–एनआईएले गत अक्टोबर ८ तारिखमा स्वामीलाई राँचीबाट पक्राउ गरेको थियो । एनआईएले स्वामीको घरमा खानतलासी गरि माओवादीसँग सम्बन्धित थुप्रै प्रमाणहरु भेटिएको दाबी गरेको थियो । आरोपपत्रमा स्वामी भारतीय माओवादी कार्यकर्ता भएको र माओवादीका गतिविधीमा संलग्न रहेको उल्लेख छ। स्वामीले ती आरोपहरु अस्विकार गर्दै आएका थिए ।
देशभर मनसुनी वायुको प्रभाव कायमै, वाग्मती र गण्डकी प्रदेश मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणि भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ । सोमबार राति देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न प्रदेशमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।