Logo
अन्तर्वार्ता

टेन्टमा मस्त निदाएकी महिलाको प्रहरीले लुगा खोल्दै गरेको अवस्थामा उनको श्रीमानले देखे, प्रहरी नागैं थिए (भिडियो)


महानगरीय प्रहरीवृत्त गौशालाका सुरक्षाकर्मीलाई आफ्नो श्रीमतीलाई नराम्रो ब्यवहार गर्दै गरेको अवस्थामा देखेपछि श्रीमानले ति प्रहरीलाई कुटेका छन् । दिनभरी तीनवटा बच्चाको स्याहार गर्दागर्दा थाकेर गौशाला नजिकको टेन्टमा बसेकी महिलालाई प्रहरी टेन्ट भित्र पसेर अनैतिक काम गर्दा गर्दै उनका श्रीमानले देखेका हुन् । गोशाला आसपासमा टेन्टमा बस्ने मजदुरहरुको सुरक्षाकै लागि खटेका प्रहरीले नै महिलालाई गलत नजरले हेर्ने गरेको भेटिएको हो ।

पशुपति नजिकै रहेको गौशाला नजिकको पार्कमा सुरक्षाकर्मीले नै महिलालाई अश्लिल गतिविधि गर्दै गरेको अवस्थामा श्रीमानले देखेर लखेटेका हुन् । ती प्रहरी प्रहरी कार्यालय भित्र पसेका थिए । पछिपछि स्थानिय र आफन्त प्रहरी कार्यालयमा पुगेर मध्यरातमा धर्ना दिएका थिए । ती प्रहरीलाई महिलाका श्रीमानले दाई सम्बोधन गर्ने गर्थे । सो क्षेत्रमा सँधै सुरक्षाका लागि खटेका प्रहरी नै महिला माथि गलत कार्य गर्न लागेको अवस्थामा श्रीमान र स्थानियले देखेका छन् ।

आफ्नो दिदीको दुई सन्तान र आफ्नो एक सन्तानलाई दिनभरी हेरचाह गर्दागर्दै थकित अवस्थामा रहेका कारण उनी राति ८ बजे टेण्टमा पसेर आराम गरेकी थिइन् निकै थकित भएका कारण प्रहरी टेन्टमा पसेको र आफ्नो आधा लुगा खोलिसकेको समेत आफूले थाहा नपाएको बताइन् । श्रीमान आउँदा प्रहरीले आफ्नो लुगा सबै खोलेर महिलाको पनि आधा लुगा खोलेको अवस्थामा श्रीमानले देखेका थिए । श्रीमतीको लुगा खोल्दा समेत थाहा नपाएको भन्दै श्रीमानले श्रीमतीलाई दुई झापड समेत हाने पछि मात्र श्रीमती ब्युझिएको श्रीमानले बताए ।

ती महिलाको विवाह भएको ४ वर्ष भयो भने छोरा २ वर्षका छन् । अहिले आफ्नै श्रीमानसंग पनि बस्न लाज लाग्छ, अहिले सम्म केही भएको थिएन आफ्नो श्रीमान हुँदाहुँदै अर्को मान्छे त्यसरी नराम्रो नियत राखेर अनैतिक काम गर्न लाग्दा आफैलाई ग्लानी भएको बताएकी छन् । ती प्रहरी पनि विवाहित र बच्चाको बुवा भएका कारण माफी दिन प्रहरीले आग्रह गरेको उनले बताएकी छन् ।