Logo
अन्तर्वार्ता

इमरजेन्सी कक्षमै यसरी कुटिए मनमोहन अस्पतालमा घाइते र स्वास्थ्यकर्मी (भिडियो हेर्नुहोस्)


काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा अस्पतालको इमरजेन्सीमै पुगेका युवाहरुले स्वास्थ्यकर्मी र घाइेतलाई कुटेका छन् । उनीहरुले अस्पतालमा भेटिएका जे सामान पायो उसैले हानेको भिडियो सार्वजनिक भएको छ । विहिवार राति करिब ३० जना भन्दा धेरै समुहमा अस्पतालको इमरजेन्सीमा प्रवेश गरेकाहरुले अन्धा-धुन्ध मच्चाएका हुन् ।

राती अकस्मात ९ वजे अस्पतालको इमरजेन्सीमा प्रवेश गरेका उनीहरुले स्वास्थ्यकर्मी । घाइतेलाई कुटेको अस्पतालको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । रानीबन ढुंगेधारमा भलिबल खेल्ने क्रममा युवाहरुबीच भएको लफडामा परी घाइेत भएका ४ जनालाई सो अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले सो अस्पतालमा भर्ना गरेको छ भन्ने थाहा पाएका युवाहरु अकस्मान राती ९ वजे अस्पतालको इमरजेन्सीमै पुगेर हंगामा गरेका हुन् ।

आकस्मिक कक्षमा हरेका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सुरक्षा गार्डहरु समेत उनीहरुबाट कुटिएका छन् । अस्पतालका सामान तोडफोड भएका छन् । त्यसरी रातीमा आएका युवाहरुले इमरजेन्सीमै हंगामा गरेपछि राती नै आकस्मिक सेवा बन्द भएको थियो ।

प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ । घटनापछि संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता पछि अस्पतालको इमरजेन्सी भने सुचारु भएको छ । तोडफोडबाट करिव १५ लाख वरावरको क्षति भएको अस्पतालले जनाएको छ । 
भिडियो हेर्नुहोस् :