अनलाइनपाना
-
आश्विन २५, २०७७ आईतबार
काठमाडौँ । बिजया दशमीको तथा शुभ दिपावली अबसरमा पारेर लोक गाएक सर्जक तथा संगितकार कस्तुप पन्तको “जिन्दगी पानीको फोका” बोलको गीत सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा दुई दसकको यात्रा तय गर्ने क्रममा संगीत जिवनका तिता मिठा अनुभव संगाल्दैे न्यानो मायाले सृजित सृजनाहरु पस्किने क्रममा “जिन्दगी पानीको फोका ” स्रोता दर्शक माझ ल्याएको छ ।
सारथी म्युजिक प्रालिको प्रस्तुति रहेको गीतमा गायक रामजी खाँण र गायिका अन्जु पन्तको स्वर रहेको छ । जनता डिजिटलबाट निर्माण भएको भिडियोमा गायक रामजी खाण र मालती घलेको अभिनय रहेको छ ।गीत को भिडियो मौसम हिमालले निर्देशन गरेका छन् ।गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन, गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् गीतको भिडियो :