Logo
भिडियो

दोहोरी गीत”मन्जरी”मा राजेश हमालको छमछमी


महानायक राजेश हमाल र प्रकाश सपुत नायिका वर्षा सिवाकोटी मुस्कान संगै ‘मन्जरी’ सफलताको शिखरमा रहेको छ । पाली लोक दोहोरी इतिहासमै सर्वाधिक रुचाईएको गीत सालको पातका सर्जक नवराज पन्तले सृजना गरेको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘मन्जरी’बजारमा आएको छ।

1.JPG

प्रकाश क्षेत्रीको प्रस्तुतिको रुपमा बजारमा आएको उक्त गीतमा नेपाली चलचित्रका महानायक राजेश हमालले अभिनय गरेका छन भने उनि संगै प्रकाश सपुत र वर्षा सिवाकोटीको पनि अभिनयमा साथ् दिएका छन ।

३.JPG

चर्चित गायिका देवी घर्ती मगर र प्रकाश पराजुलीले आवाज दिएको गीतमा संगीत पनि प्रकाश पराजुलिकै रहेको छ।नेपाली लोकदोहोरी क्षेत्रको विस्तार र निरन्तरताको लागि उक्त गीत बजारमा आएको हो।सर्वाधिक महँगो लगानीमा निर्माण भएको उक्त गीतमा निर्देशन भने देवेन्द्र बब्लुले गरेका हुन् भने कोरियोग्राफ भने मौसम हिमालीले गरेका हुन्। भिडियो छोटो समयमै सबैले रुचाएका छन भने गीतको चर्चा पनि सामाजिक संजालमा चौतर्फी छ।