Logo
भिडियो

निलम र आकाश अभिनित ‘तिम्रो प्यारमा छु’ सार्वजनिक ( भिडियो )


 दशैँको कोशेली स्वरूप  गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।   
 
अमेरिकामा बसेर सिर्जनामा सक्रिय गीतकार  अनु शाहले यस गीतलाई लेखेकी हुन्।  गीतमा  नारायण सुवेदी आभाषको संगीत र  उदय राज पौडेलले संगीत संयोजन रहेको छ।  

म्युजिक भिडियोमा एक प्रेम  जोडीको  प्रेम कथा प्रस्तुत गरिएको छ ।  भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  भिडियोमा  बुद्द थापाको  छायांकन ,  विकाश धमलाको  सम्पादन रहेको छ।   निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

दशैँको अग्रिम शुभकामना सहित निर्माण टिमले सम्पुर्ण दर्शक स्रोतालाई यस गीतको भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।