Logo
भिडियो

रेखा पौडेलको दशैँ गीत ‘राख्न त राख जमरा आमा म आउन पाउँदिन,


दशैंको पूर्व सन्ध्यामा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक कन्हैया सिंह तथा गायिका रेखा पौडेलको स्वर सुन्न सकिन्छ । गतिलाई रेखा पौडेले नै संगीतबद्ध गरेकी हुन् । ‘राख्न त राख जमरा, आमा म आउन पाउँदिन, संसारले दुःख बोकेको बेला म लाउन पाउँदिन…’ गीतका शब्दहरु मर्मस्पर्शी छन् ।

दशैं–तिहारको समसामयिक मर्मस्पर्शी यो गीतका शब्दहरु बिमल गौतमले रचना गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन समीर लामाले गरेका हुन् ।