
सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्। जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो।

मोफसलमा रहेर नेपाली र मैथली गीत संगीत मार्फत आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गजुरेलले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।