Logo
भिडियो

राजेश राईको ‘झल्को ज्यानकै’ मा दुर्लभको निर्देशन (भिडियो)


काठमाडौं । गायक राजेश राईले ‘झल्को ज्यानकै आउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।सिङ्गीङ सुपर स्टार सिजन १ का विजेता समेत रहेका गायक राजेशको सार्वजनिक गीतमा दुर्लभ जन्तरेको शब्द, राजु सेन्चुरीको सङ्गीत तथा सुबिन सेन्चुरीको सङ्गीत संयोजन छ ।भिडियोमा इन्द्र खरेल, उषा उप्रेती र दुर्लभ जन्तरेको अभिनय देख्न सकिन्छ ।

भिडियो निर्देशन दुर्लभ जन्तरेले गरेका हुन् । पवन सुस्लिङको छायाङ्कन र सम्पादन रहेको भिडियो गायक राईकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।भिडियोले एक प्रेमील जोडीको चोखो माया हुँदा हुँदै पनि आफ्नी मायालुबाट बिछोडिनु पर्दाको कथा देखाएको छ ।