Logo
भिडियो

गायिका चौहानको नयाँ गीत ‘तिमी नै तिमी छौ’ सार्वजनिक


काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् ।

लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो ।

खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ ।

रोनिस तामाङकको छायाँकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।