Logo
भिडियो

बसन श्रेष्ठले एकसाथ ल्याए ‘जादु’ र ‘मेराे गीत’ बजारमा (भिडियाेसहित)


काठमाडाैं । लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रको वृत्ति विकासमा सक्रिय गायक तथा मोडल बसन श्रेष्ठले गीत बजारमा ल्याएका छन् । उनले छाेटाे अवधिमा दुईवटा गीत वर्ल्ड प्रिमियर गरेका छन् । केही समयको अन्तरमा लगातार उनले दुई गीत दर्शक श्रोतामाझ ल्याएका हुन् । दुबै गीतको भिडियो पनि युट्युवमा उपलब्ध छन् ।

तीन महिना पहिले ‘मेरो गीत’ बोलको गीत सार्वजनिक गरेका श्रेष्ठले यसै हप्ता ‘मेरो जादु’ बोलको अर्को गीत पस्केका हुन् । सार्वजनिक ‘मेरो गीत’मा निर्माण, स्वर र लेखन श्रेष्ठको नै छ । रोहित शाक्यले एरेञ्ज गरेको गीतको भिडियोमा सुष्मा निरौंला र सुभम बोहरा फिचर्ड छन् भने उनीहरूको साथमा रैमा मिधुन मगर र रामभजन कामतलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन अभिषेक सुवेदीले गरेका छन् भने चिन्तन राजभण्डारीको छायांकन गरेका छन् । त्यस्तै सम्पादन रोहित शाक्यको छ ।

पछिल्लो गीत ‘मेरो जादु’मा पनि स्वर, संगीत र शब्द सबै श्रेष्ठको रहेकाे छ । उक्त गीतको भिडियोमा विशाल नेपालीको निर्देशन छ । गीतमा क्यामेरा सिरस श्रेष्ठ र रोनेश महर्जनले चलाएका छन् भने निक र सिकुमले मोडलिङ गरेका छन् ।