Logo
भिडियो

सन्तोषको समयको महत्व सिकाउँने गल्ती (भिडियो सहित)


मान्छेले समयको महत्वलाई ख्याल नगरे के हुन्छ ? जुन समयमा जे काम गर्नु पर्ने हो त्यो गरिएन भने मौका गुमाईन्छ । जति पश्चात्ताप गरेपनि र रोई कराई गरेपनि बितेको समय र परिस्थिति फर्काउन सकिदैन । यस्तै समयको महत्व बुझाउँने सन्देश बोकेर सन्तोष ओमेगा राईले एउटा लघुचलचित्र निर्माण गरेका छन् । साईलेन्ट शैलीमा निर्माण गरेको उनको लघुचलचित्र “गल्ती” हो ।

ओमेगा नेपालको ब्यानरमा निर्माण भएको यस लघुचलचित्रमा बादल के.सी., सन्तोष राई, सागर पोखरेल, रञ्जु लिम्बु, सुमन राई र हर्क बस्नेत (सिजिवाली) को अभिनय रहेको छ भने सुमन तामाङको छायाँकन, हेमन तामाङको सम्पादन र सन्तोष ओमेगा राईकै लेखन तथा निर्देशन रहेको छ । 

चेतनामुलक भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :