भ्रष्टाचार, व्यातिथि बिरुद्दका बिषयमा प्राय कलाकारले सिर्जना गर्दैनन । गरेका सिर्जना पनि बिरोध आउने र गीत नै हटाउनु पर्ने अवस्था आउने भएकाले पनि कलाकारले आट गर्न सक्दैन् ।
तर पछिल्ला दिनमा लोक दोहोरीमा चर्चामा रहेका नबिन पौडेलले आट गरेका छन भ्रष्टाचार, व्यातिथि बिरुद्द गीत गायर । ‘लेउ खुकुरी लेउ, भ्रष्टचारी जतिलाइ पुर्याइदिउँ छेउ’ बडादशैको अवसर पारेर गायक पौडेलले गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेका छन् ।
गायक नबिन पौडेलको आफ्नै लय, शब्द आवाजमा रहेको यस गीतलाई नबिन पौडेलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । गीतमा केशव बडुको एरेन्ज रहेको छ । गीतको म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । स्टेज दोहोरीमा तहल्का पिटेका गायक पौडेलको उक्त गीतलाई महत्वपूर्णका साथ हेरिएको छ ।
हेर्नुहोस् भिडियो: