Logo
भिडियो

सुमन कार्कीको अभिनयमा ‘सागर बिचमा’ सार्वजनिक


कलाकार सुमन कार्की फिचर्ड ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।   यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्।  गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  
Screen Shot (5).png
अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्।  रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्।  नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।   यस गीतको  गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले  सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका  छन् ।