Logo
भिडियो

गायिका मेलिना राई र थमन मगर स्काईको नयाँ गीत सार्वजनिक


नेपाली गीत संगीतको क्षेत्रमा  बलियो र फराकिलो हुॅंदै गई रहेको बेला डिजिटल प्रबिधीले निक्कै नै प्रभाबकारी भुमिका खेलिरहेको छ।अनलाईन माध्यम दिन प्रतिदिन स्तरिय र गुणस्तरिय हुँदै गई रहेको बेला नेपाली सांगीतिक क्षेत्रमा जोडिएको विभिन्न प्रकारका माध्यमबाट नेपाली गीत संगीत बजारमा आई रहेको छ ।

जस मध्य अनलाईन को छुट्टै एउटा दुनिया छ अक्टोबर २०२० काम मेलोडी म्युसिकल ग्रोउप,एक,एक जी, परिवारले अनलाईन को माध्यम बाट “आज किन”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 
चर्चित गायिका मेलिना राई र एम.एम.जीका  सदस्य थमन मगर स्काईको  स्वरमा रहेको गीतमा निमा शेर्पाको शब्द तथा संगीत रहेको छ  । गुणस्तरियतालाई ध्यानमा राखी कुनै कोणबाट सम्झौता नगरी गरिएको लगानीले धेरै दर्शक र श्रोताको मन जित्ने बहुप्रतिक्षित म्युजिक भिडियो बनेको आयोजक टिमले बताएका छन्। 

गायिका राईको प्रमुख अतिस्थापनामा सम्पन्न लाईन एप्लिकेशनको अनलाईन कलमा नयाॅं ईतिहाॅस कायम गरेका छन्  । २०० भन्दा धेरै प्रत्यक्ष्य लाईभ कलमा रही विमोचन भएको  “आज किन” म्युजिक भिडियोको समिक्षात्मक अन्तर्क्रियामा अन्लाईनबाटै कुना कन्दरामा रहेका प्रतिभाहरुको सुन्दर भाग्य र भबिष्य रहेको मेलिना राईले भनेकी थिइन्। उक्त कार्यक्रममा अग्रज श्रष्ट तथा संगित संगितकर्मिहरुका समिक्षात्मक भनाई सँगै कलाकार एवम् बिभिन्न समुहका प्रतिनिधीरुको शुभकामना मन्तब्य  समेत रहेको थियो ।
   
गायिका मेलिना राइको र थमन मगर स्काईको आवाजमा रहेको गीतमा शब्द संगीत निमा शेर्पाको रहेको गीतमा फनिन्द्र राईले एरेन्ज गरेका हुन् । मोहन कुमार झिल्लुले छायांकन गरेको गीतको भिडियोलाई अनिल “Mr. Glass” र सुजन बज्राचार्यले निर्देशन गरेका हुन् भने अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :