६ बर्षपछि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दीर भित्र भाईटीका लगाउनेहरुको भीड लागेको छ ।

बिगत लामो समयअघिबाट दीदीबहिनी नभएका तथा बिशेष कारणले टीकालगाउन चेलीकामा पुग्न नसकेकाहरुले बालगोपालेश्वर मन्दीरमा आएर टीका लगाउने प्रचलन रहेको थियो । तर २०७२ सालको महाभूकम्पका कारण मन्दीरमा क्षति पुगेपछि भाइटीका लगाउन रोक लगाइएको थियो । तथापि ५ बिगतका केही तिहारहरुमा मन्दीर बाहिर भाईटीका लगाउन प्रबन्ध मिलाइएको थियो ।

तर यो बर्षभने रानीपोखरी पुन निर्माणसँगै बालगोपालेश्वर मन्दीरको पनि पुन निर्माण सकिएपछि मन्दीर भित्रै भाइटीका लगाउने कार्यक्रम भएको छ । आज बालोपालेश्वर मन्दीरमा पुगेर बिहानै देखि सर्बसाधारणहरुले भाईटीका लगाइरहेका छन् ।

मन्दीरमा टीका लगाउन आउनेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । त्यस्तै मन्दीर परिसरमा ज्वरो जाँच गर्ने र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

तस्बीर, भिडियो : सुन्दर मगर / अनलाईन पाना