नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ ।
सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ ।