Logo
भिडियो

पानीको फोकापछि कस्तुप पन्तले ल्याए जिन्दगी घामछायाँ (भिडियो सहित)


काठमाडौं । नेपाली मौलिक तथा आधुनिक गीतमा समेत छुट्टै छाप बनाएर दुई दशकसम्म नेपाली साँगीतिक क्षेत्रमा अनवरत लागि रहेका चर्चित सर्जक कस्तुप पन्तको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । साँगीतिक क्षेत्रमा शब्द, संगीत तथा गायनको त्रिवेणीमा क्रियाशिल रहँदै यस अगाडि जिन्दगी पानीको फोका बोलको मौलिक तथा सदावहार गीत सार्वजनिक गरेका सर्जक तथा गायक पन्त र कमला पोखरेलको स्वरमा जिन्दगी घामछायाँ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

कस्तुप पन्तकै आधिकारिक युटुव च्यानल मार्फत बिश्व बजारमा सार्वजनिक भएको उक्त गीतमा प्रकाश पौडेलको शब्द रहेको छ भने संगीत गायक पन्तको नै रहेको छ । कमल सौरागले एरेञ्ज गरेको गीतको अडियो तथा भिडियो प्रस्तुति सारथी म्युजिक प्रा.लि.को रहेको छ ।
 
आशिर प्रताव जंग र सारिका केसीलाई फिचरिङ गरिएको आकर्षक भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :