गायिका श्रेया राई र गायक सुशील भट्टराईको स्वर रहेको “पुर्वै इटहरी तिमिलाइ मन पराउछु भनुँ कसरी” सार्वजानिक भएको छ । पछिल्लो समय पुर्वमा रहेर सांगितिक करियरमा भबिस्य खोज्दै गरेका गायक तथा एरेन्जर सुशील भट्टराई तथा भ्वाइस अफ नेपाल पहिलो सिजनबाट अन्तर्राष्ट्रिय जगतसम्म आफ्नो नाम रोशन गर्न सफल गायिका श्रेया राईको स्वरमा रहेको उक्त गीत सार्वजानिक भएको हो ।
सुशील भट्टराई र रूद्र श्रेष्ठको शब्द रहेको उक्त गीत सुशील आफैले एरेन्ज गरेका हुन् । गीतमा संगीत रूद्र श्रेष्ठको रहेको छ ।गितमा बालापन र स्कुल पढ्दा को माया संग धेरै पछिको भेट र प्रेम सम्बन्ध का बारेमा चर्चा गरिएको छ । उक्त गित पुर्वान्चल डिजिटल रेकर्डिङ स्टुडियो मा रेकर्डिङ गरिएको हो । गीत पुर्वान्चल डिजिटल रेकर्डिङ स्टुडियो मा रेकर्डिङ गरिएको हो ।